२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइडेन र मूनबीच टेलिफोन वार्ता, मिलेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त



अ+ अ-

सियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन र अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनबीच बिहीबार टेलिफोन वार्ता भएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चियोङ वा डाइका अनुसार उक्त वार्ता करिब १४ मिनेट लामो भएको थियो । वार्ताका क्रममा दुबै नेताबीच उत्तर कोरियाली आणविक मामिला सुल्झाउन मिलेर सहकार्य गर्ने बारेमा सहमति भएको थियो । 

राष्ट्रपति मूनका प्रवक्ता काङ मिन–सियोकका अनुसार राष्ट्रपति–निर्वाचित बाइडेनले हिन्द–प्रशान्त क्षेत्रको सुरक्षा र समृद्धिका सन्दर्भमा दक्षिण कोरिया अत्यन्त महत्वपूर्ण मुलुक रहेको बताएका थिए । त्यस अवसरमा राष्ट्रपति मूनले बाइडेन समक्ष सियोल–वासिङटनबीचको साझेदारीलाई थप समुन्नत बनाउन “निकट संचार सम्पर्क स्थापना” गर्न आग्रह गरेका थिए । प्रवक्ता काङले दुबै मुलुकबीच लोकतन्त्र र मानव अधिकारको रक्षाका सन्दर्भमा ७० वर्षदेखिको अटुट साझेदारी रहेको स्मरण गरिएको बताए । 

बाइडेनले दक्षिण कोरियासँग अमेरिकाको सुदृढ सुरक्षा निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुका साथै उत्तर कोरियाको आणविक मामिलाको समाधानका लागि साझेदारी गर्ने बताएका थिए।  दुबै नेताले विश्वव्यापी रुपमा उत्पन्न कोभिड–१९ र जलवायु परिवर्तन समेतका विषयमा आपसी सहयोगलाई थप विस्तार गर्न सहमति जनाएका थिए । प्रवक्ता काङका अनुसार बाइडेनले अमेरिकी राष्ट्रपतिको शपथ गरेलगत्तै जतिसक्दो चाँडो भेटघाट गर्न राष्ट्रपति मूनले प्रस्ताव गरेका थिए। 

गत साता बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित घोषणा भएको अनौपचारिक विवरण सार्वजनिक भएपछि यो उनीहरुको पहिलो प्रत्यक्ष संवाद हो ।