५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीद्वारा ८० केजी गाँजासहित कार नियन्त्रणमा



अ+ अ-

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर नजिकैबाट प्रहरीको टोलीले आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी टोलीले उक्त मन्दिरको नजिकै पार्किङ गरिराखेको बा६च १४७६ नम्बरको कारलाई शङ्का लागि खोजतलास गर्ने क्रममा उक्त कारभित्र राखिएको अवैध गाँजा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

पार्किङ गरेर उक्त स्थानमा कार राखिएको र कारका धनी फरार भएपछि स्थानीय जनप्रतिनिधिको रोहवरमा कारको लक तोडेर जाँच गर्दा उक्त अवैध गाँजा प्रहरीले फेला पारी थप अनुसन्धान गरिरहेको प्रवक्ता रानाले बताउनुभयो ।