१८ आश्विन २०८१, शुक्रबार
,
Latest
काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई राहत र पुन:स्थापनाका लागि काठमाडौँ महानगरपालिकाको २०/२० लाख… सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम हवाई यातायातको भाडादरलाई न्यायोचित बनाउँछौँ: मन्त्री पाण्डे गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी पूर्वराजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो हो विश्वको सबैभन्दा छोटो हवाई यात्रा, मात्र ८० सेकेन्डमा यात्रा सकिने



अ+ अ-

एजेन्सी । हवाई यात्रा एउटा यस्तो प्रविधि हो, जसको मद्दतले लामो दुरी पनि छोटो समयमा पूरा गर्न सकिन्छ । हवाई यात्राको विशेष कुरा यो हो कि यसलाई प्रयोग गर्न तपाईंलाई कुनै सडक वा पुलको आवश्यकता पर्दैन ।

यही कारणले गर्दा हवाई यात्राको सहायताले चारैतिरबाट पानीले घेरिएका टापुहरूमा सजिलै यात्रा गर्न सकिन्छ ।

खैर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि संसारको सबैभन्दा छोटो हवाई यात्रा कति टाढा हुनेछ ? वास्तवमा, संसारको सबैभन्दा छोटो हवाई यात्रा मात्र २.७ किलोमिटर रहेको छ, जुन यात्रा गर्न मात्र ८० सेकेन्ड अर्थात् डेढ मिनेट लाग्छ । यो कीर्तिमान गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ ।

यो अनौठो हवाई यात्रा वेस्ट्रे र पापा वेस्ट्रे बीच सञ्चालन हुन्छ, जुन स्कटल्याण्डको ओर्कने द्वीपसमूहका दुई टापुहरू हुन् । यी दुई टापुहरू बीचको दूरी मात्र २.७ किलोमिटर छ, जसलाई एउटा सानो विमानले मात्र ८० सेकेन्डमा पार गर्न सक्छ ।

विमानले टेकअफदेखि अवतरणसम्म ८० सेकेन्ड लिन्छ । यो उडानलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्वको सबैभन्दा छोटो व्यावसायिक उडानको दर्जा दिइएको छ ।

यी दुई टापुहरू बीच यति छोटो दूरीको लागि हवाई यात्रा किन आवश्यक छ भनेर सोच्दै हुनुहुन्छ ? यसको कारण यो हो कि यी दुई टापुहरू बीच कुनै पुल वा अन्य कुनै माध्यम छैन जसबाट मानिसहरू एक टापुबाट अर्को टापुमा जान सक्छन् । त्यसैले यहाँका बासिन्दाका लागि हवाई यात्रा एक मात्र विकल्प हो ।

यो उडानका लागि एउटा सानो विमान प्रयोग गरिन्छ, जसमा एक पटकमा ९ देखि १० यात्रुले मात्र यात्रा गर्न सक्छन् । विमान एउटै रनवेबाट उड्छ र केही सेकेन्डमा आफ्नो गन्तव्यमा पुग्छ । यो उडान दिनमा धेरै पटक सञ्चालन हुन्छ, त्यहाँका बासिन्दाहरूलाई यसबाट ठूलो फाइदा मिल्छ ।