• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु

नेपाल जोमासा स्पोर्ट्स क्लब सञ्चालनमा आयो



काठमाडौं । कीर्तिपुर–२, ट्याङ्लाफाँटमा नेपाल जोमासा स्पोर्ट्स क्लब सञ्चालनमा आएको छ । नेपालमा जोमासा मार्सल आर्ट्सको विकास र विस्तार गर्ने उद्देश्यसहित स्पोर्ट्स क्लबको शुभारम्भ गरिएको हो । स्पोर्ट्स क्लबको बिहीबार एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको थियो । स्पोर्ट्स क्लबको राष्ट्रिय युवा संघ रामेछाप जिल्ला सचिव मुकुन्द गौतम र क्लबका अध्यक्ष एवं प्रमुख प्रशिक्षक राम विष्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

तीन वर्षअघि नेपाल भित्रिएको जोमासा मार्सल आर्ट्सको २०७६ माघदेखि भने नियमित प्रशिक्षण हुँदै आएको छ । यस मार्सल आर्ट्सको काठमाडौंको बल्खु, सानेपा र कालिमाटीमा यसअघि नै डोजो सञ्चालनमा रहेको प्रशिक्षक विष्टले जानकारी दिए ।

क्लब उद्घाटनकै अवसरमा हालै भारतमा आयोजना भएको अनलाइन मार्सल आर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको थियो । उक्त च्याम्पियनसिपमा नेपालले नौ स्वर्ण, दुई रजत र तीन कांस्य पदक जितेको थियो । कार्यक्रममा एटोन नेपालका सञ्चालक प्रदीप उपाध्याय, क्लबका उपाध्यक्षजनकराज गौतम, कुमार चौलागाईं, महासचिव विवस घिमिरे, कोषाध्यक्ष सुनिता गौतम र सदस्यहरु रोशन तन्डुकार, अमृत खड्का, सुलिना तोलाङ्गी र रदीप बस्नेतलगायतको उपस्थिति रहेको थियो ।