२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.41

Wind: 1.03

Humidity: 94

तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र



अ+ अ-

काठमामौँ : राप्रपाले केही विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानअनुसार विभागको जिम्मेवारी हेरफेर र मनोनयन गरेका हुन्।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार संगठन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्गलाई दिइएको छ।

त्यस्तै स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष धुव्रबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री बिजय खड्कालाई जिम्मेवारी तोकिएको छ ।

विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धब थापा, सुचना प्रविधि विभाग (आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य केदार न्यौपानेलाई दिइएको छ।