२ आश्विन २०८३, शुक्रबार
,
Latest
जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो वागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता रसुवा बाढी प्रभावित सडक–पुल पुनर्निर्माणका लागि ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउन माग प्रधानमन्त्री साहलाई गगनको सुझावः महासभामा सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरी प्रमाणका प्रश्तुत हुनुस् आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव भोटेकोशी बाढीको क्षति विवरण सात दिनभित्र बुझाउन यातायात विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र



अ+ अ-

काठमामौँ : राप्रपाले केही विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानअनुसार विभागको जिम्मेवारी हेरफेर र मनोनयन गरेका हुन्।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार संगठन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्गलाई दिइएको छ।

त्यस्तै स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष धुव्रबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री बिजय खड्कालाई जिम्मेवारी तोकिएको छ ।

विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धब थापा, सुचना प्रविधि विभाग (आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य केदार न्यौपानेलाई दिइएको छ।