९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

डा. खतिवडाले विगतमा गरेका कामहरुलाई लिएर सांसदहरुको कडा प्रश्न !

डा. खतिवडाले विगतमा गरेका कामहरुलाई लिएर सांसदहरुको कडा प्रश्न !
अ अ+ अ-

काठमाडौं । अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाको सुनुवाईमा सांसदहरुले एमसीसी, क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरण, एनसेल, स्वेतपत्र लगायतका विषय उठाउँदै प्रश्न गरेका छन् । संघीय संसदको संसदीय सुनुवाई समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले अर्थमन्त्री खतिवडाले विगतमा गरेका कामहरुलाई लिएर कडा प्रश्न गरेका हुन् । सुनुवाइका क्रममा नेकपाका सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री भएको बेला एमसिसी पारित गराउन भूमिका खेल्न नसक्नेले राजदूत भएर कसरी भूमिका खेल्नुहुन्छ भन्दै प्रश्न गर्नुभयो । यस्तै डा. खतिवडा अर्थमन्त्री भएलगत्तै ल्याएको स्वेतपत्रमा अर्थतन्त्रको अवस्था कमजोर देखाइएको भन्दै पाण्डेले प्रश्न गर्नुभयो । देशमा उच्च आर्थिक वृद्धि भएको अवस्थामा अर्थतन्त्र कोल्याप्स हुन लागेको जस्तो स्वेत पत्र जारी गर्नु अनुचित भएको बताउनुभयो ।

यस्तै क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरणको सम्बन्धमा समेत सांसद पाण्डेले स्पष्ट पार्न आग्रह गर्नुभएको थियो । त्यसबाहेक एनसेल प्रकरणमा सर्वोच्च अदालतको फैसलाको बारेमा केही मुद्दा चलेको भन्ने सुनिएको र त्यसमा अर्थमन्त्री हुँदा मुद्दाको प्रतिवादी नलगाउन निर्देशन दिएको भन्ने प्रश्न उठेको भन्दै स्पष्ट पार्न सांसद पाण्डेले आग्रह गर्नुभयो । 
नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डा. खतिवडा अर्थमन्त्री हुने वित्तीकै ल्याएको स्वेत पत्रलाई लालपत्रको संज्ञा दिनुभयो । उहाँले स्वेतपत्र प्रस्तुत गरेर आफ्नै विश्वसनियतामाथि प्रश्न उठाउने काम गरेको बताउनुभयो । सुनुवाईमा नेपाली कांग्रेसकी सांसद पुस्पा भुषालले डा. खतिवडा अर्थमन्त्री भएपछि धेरै गलत निर्णयहरु गरेको बताउनुभयो । विद्युतीय मोटर र पुस्तकमा कर बढाउने र चक्लेटमा घटाउने काम गरेको र अर्थमन्त्रीबाट हटने वित्तीकै सरकारले नै त्यसलाई उल्ट्याउने निर्णयले डा। खतिवडाका निर्णयहरु गलत थिए भन्ने पुष्टि भएको उहाँले बताउनुभयो । राजदूत भएर एमसीसीको प्रक्रिया अगाडि बढाउन भूमिका खेल्ने आधार स्पष्ट पार्न समेत आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शिवकुमार मंडलले अर्थमन्त्री भएको बेला आफ्नै नातेदारले चक्लेटजन्य वस्तुहरु आयात गर्ने व्यवसाय गर्ने भएकाले कर घटाइदिएको आरोप लागेको भन्दै स्पष्ट पार्न आग्रह गर्नुभयो । 

नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले डा. खतिवडालाई राजदूत नियुक्त गरेर प्रधानमन्त्री ओली चुक्नुभएको बताउनुभयो । देशलाई आवश्यक पर्ने व्यक्ति देशभित्रै बसेर काम गर्नपर्नेमा राजदूत बनेर अमेरिका पुग्नु व्यक्तिगत स्वार्थको लागि मात्रै हुने उहाँले बताउनुभयो । नेपाली कांग्रेसका अर्का सांसद भिमसेनदास प्रधानले  डा. खतिवडालाई जहिले पनि पद चाहिने गरेको आरोप लगाउनुभयो । आर्यघाट नपुग्दासम्म पदमै बसिरहनुपर्ने प्रवृतिले देशको विकासमा बाधा पुगेको उहाँको भनाई छ । सुनुवाईमा जनता समाजवादी पार्टीका सांसद राजेन्द्र प्रसाद श्रेष्ठले क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरणमा डा। खतिवडा गभर्नर भएको बेला मतियारको रुपमा काम गरेको आरोप लगाउनुभयो ।

तत्कालिन समयमा बैंकिङ कसुर अनुरुप कारबाही हुनुपर्ने व्यक्तिहरुलाई कारबाही गर्न डा। खतिवडाले उपयुक्त कारबाही चलाउन नसकेको सन्दर्भमा प्रश्न गर्नुभयो । सांसदहरुको प्रश्नको जवाफमा पूर्व अर्थमन्त्री एवं अमेरिकाका लागि प्रस्तावित राजदूत डा. खतिवडाले अहिलेपनि अर्थतन्त्र सही ठाउँमा नरहेको बताउनुभयो । उहाँले देशको राजस्व र खर्चप्रणाली चापमा रहेको र सबै बजेट खर्च गर्नेहो भने स्रोतमा चाप पर्न सक्ने स्थिति अहिले पनि रहेको बताउनुभयो । उहाँले आफुले स्वेतपत्रमा उल्लेख भएका समस्याहरु अहिलेपनि रहको तर केहीहदसम्म आफुले सुधार गरेको दावी गर्नुभयो ।