९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

ढल्केबर सबस्टेशन निर्माण सम्पन्न, १२०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिने

ढल्केबर सबस्टेशन निर्माण सम्पन्न, १२०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिने
अ अ+ अ-

काठमाडाैंः निर्माण व्यवसायीको लापरवाही, कोरोना भाइरसको सङ्क्रणलगायत कारणले समस्यामा परेको मुलुकको सबैभन्दा ठूलो सबस्टेशन ढल्केबर सबस्टेशन पूर्णरुपमा निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कूल ४०० केभी क्षमताको सो सबस्टेशन बुधबार रातिदेखि पूर्ण रुपमा चार्ज भई सञ्चालनमा आएको हो । प्राधिकरणले प्राविधिक भाषामा त्यसलाई फूल लोडमा चार्ज भएको जनाएको छ ।

आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार लामो प्रतिक्षापछि आयोजना सम्पन्न भएको छ । आयोजना सम्पन्न भएपछि नेपाल र भारत दुवै तर्फबाट एक हजार २०० मेगावाट विद्युत् आदान प्रदानका लागि मार्ग प्रशस्त भएको छ । कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको विद्युत्समेत सोही सबस्टेशनमा जोडेर पूर्व–पश्चिम प्रवाह गरिनेछ ।

उक्त सबस्टेशन विसं २०७२ माघमा पहिलो पटक १३२ केभीमा चार्ज भएको थियो । त्यसपछि भारतबाट कूल ८० मेगावाट विद्युत् आयात भएको थियो । यस्तै, २०७४ सालमा उक्त सबस्टेशन २२० केभीमा चार्ज गरिएको थियो । नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको रुपमा ढल्केबर– मुजफ्फरपुर प्रसारण लाइनसमेत ४०० केभी क्षमताको भएकाले विद्युत् आदान प्रदानका लागि महामार्गसमेत निर्माण भइसकेको छ ।

प्राधिकरणका अनुसार ढल्केबर सबस्टेशन अब १३२, २२० र ४०० क्षमतामा नै सञ्चालन गर्न सकिनेछ । यस्तै पूर्व–पश्चिम जहाँ जति मात्रामा विद्युत् आवश्यक पर्दछ प्रवाह गर्न सकिनेछ । चालु आर्थिक वर्षमा नै माथिल्लो तामाकोशीलगायत आयोजना निर्माण सम्पन्न हुने भएकाले वर्षाको समयमा खेर जाने विद्युत् भारत पठाउनसमेत मार्ग प्रशस्त भएको छ ।

सो सबस्टेशन नेपाली लगानी तथा नेपाली प्रविधिमा निर्माण सम्पन्न भएको प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । चिनियाँ ठेकेदार कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड कम्पनीले तोकिएको समयमा पूरा नगरेपछि प्राधिकरणले ठेक्का तोडेको थियो । आयोजनाको परामर्शको काम प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो ।

गत वैशाख अन्तिम साता नै सो सबस्टेशन निर्माण सम्पन्न हुने अवस्थामा पुगे पनि कोरोना भाइरसको जोखिमका कारण रसुवागढी भन्सार नाकामा आइपुगेको सामान आयोजना स्थल पु¥याउन सकिएको थिएन ।

पूर्वकार्यकारी निर्देशक घिसिङले देशकै सबैभन्दा ठूलो सबस्टेशन निर्माण सम्पन्न भएकामा प्रसन्नता व्यक्त गर्दै नेपालका लागि असाध्यै ठूलो महत्वपूर्ण उपलब्ध भएको बताउनुभयो ।

विसं २०७५ सालदेखि निर्माण शुरु भएको सो सबस्टेशन आफू प्राधिकरणमा रहँदा नै सम्पन्न हुने अपेक्षामा रहे पनि कोरोनाका कारण पछाडि सरेको भन्दै उहाँले निर्माण सम्पन्न भई सञ्चालनमा आएको भन्दै सरोकार भएका सबैलाई धन्यवादसमेत दिनुभएको छ ।