२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल बैंकले ल्यायो सेयर धितो कर्जा लिन मिल्ने डिजिटल प्लेटफर्म



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयर धितो राखी सेयर धितो कर्जा प्राप्त गर्न सकिने सरल प्रावधान ल्याएको छ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो बैकको रुपमा रहेको ग्लोबल बैंकले बडादशैंको पूर्वसन्ध्यामा सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट कर्जा प्राप्त गर्न सक्नेछन् ।

बैंकका साना उद्यम कर्जा विभागका प्रमुख नरहरि सिलवालले ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाएपछि कर्जा प्राप्त गर्न सक्ने न्यूजपोलारलाई बताउनुभयो ।

पछिल्लो समय नेपाली उपभोक्तामाझ निकै लोकप्रिय रहेको डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले अनलाइन विधिबाट आवेदन दिन र आवश्यक कागजातहरु पेश गर्न सक्ने पनि उहाँले बताउनुभयो ।

ग्राहकले अनलाइन आवेदनको प्रक्रिया पूरा गरेपछि निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन सक्नेछन् ।

सिलवालले सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम रु. ५ लाख देखि अधिकतम रु. २५ लाखसम्म तोकिएको जानकारी दिनुभयो ।