२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.26

Wind: 1.03

Humidity: 73

तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल बैंकले ल्यायो सेयर धितो कर्जा लिन मिल्ने डिजिटल प्लेटफर्म



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयर धितो राखी सेयर धितो कर्जा प्राप्त गर्न सकिने सरल प्रावधान ल्याएको छ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो बैकको रुपमा रहेको ग्लोबल बैंकले बडादशैंको पूर्वसन्ध्यामा सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट कर्जा प्राप्त गर्न सक्नेछन् ।

बैंकका साना उद्यम कर्जा विभागका प्रमुख नरहरि सिलवालले ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाएपछि कर्जा प्राप्त गर्न सक्ने न्यूजपोलारलाई बताउनुभयो ।

पछिल्लो समय नेपाली उपभोक्तामाझ निकै लोकप्रिय रहेको डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले अनलाइन विधिबाट आवेदन दिन र आवश्यक कागजातहरु पेश गर्न सक्ने पनि उहाँले बताउनुभयो ।

ग्राहकले अनलाइन आवेदनको प्रक्रिया पूरा गरेपछि निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन सक्नेछन् ।

सिलवालले सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम रु. ५ लाख देखि अधिकतम रु. २५ लाखसम्म तोकिएको जानकारी दिनुभयो ।