२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

६६ लाखको सामान बरामद

६६ लाखको सामान बरामद
प्रतीकात्मक तस्बिर
अ अ+ अ-

सुदूरपश्चिम । भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमावर्ती क्षेत्रवाट गएको चौमासिक अवधिमा अवैध रुपमा आयात निर्यात भएका रु ६६लाख २१हजार ९८१ मूल्य बरावरका विभिन्न सामान बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीको टोलीले सीमावर्ती क्षेत्रमा बरामद गरेका ती सामान भन्सार कार्यालयमा बुझाइएको छ । बरामद भएको मध्ये रु ५१ लाख ९६ हजार ४८१ मूल्य बरावरको लत्ताकपडा, खाद्यान्न रासायनिक मल, हार्डवेयर, हरियो केराउँलगायतका सामान रहेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र कुवँरले राससलाई जानकारी दिनुभयो । 

यस्तै रु ११ लाख ५३ हजार ५०० बराबरको अबैध काठ र काठ बोक्न प्रयोग भएका सवारी साधन समेत नियन्त्रणमा लिई डिभिजन वन कार्यालयमा बुझाइएको छ । रु दुई लाख ७२ हजार बरावरका अवैध माछा र कुखुरा बरामद गरी नष्ट गरिएको छ । लागू औषध ब्राउन सुगर,खैरो हिरोइन, चरेश सहित यसको तस्करी र ओसार पसारमा संलग्न आठ जनालाई समेत पक्राउ गरिएको छ । “सीमा क्षेत्रमा चोरी तस्करी जस्ता अवैध र अबाञ्छित गतिविधि पहिलेको भन्दा घटेका छन्”, प्रहरी उपरीक्षक कुवँरले भन्नुभयो, “थप सात ठाउँमा बिओपी स्थापना गर्न सकिएमा चोरी तस्करी जस्ता अवैध कार्य थप नियन्त्रणमा आई सीमा सुरक्षामा बल पुग्ने छ ।” कैलालीको सीमावर्ती क्षेत्रमा आवश्यक थप सात ठाउँमा बिओपी थप्ने प्रक्रिया  अघि बढेको जनाइएको छ । कैलालीको १०१ किमी सीमा भारतसँग जोडिएको छ । सीमा क्षेत्रमा हाल सशस्त्र प्रहरी बलको १२ ठाउँमा रहेका सीमा सुरक्षा पोष्ट (बिओपी)मार्फत् नियमित गस्ती भइरहेको छ ।

अहिलेसम्म प्रत्येक दश किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको एक बिओपी रहेकोमा अब प्रत्येक पाँच किलोमिटरको दूरीमा एक बिओपी स्थापना गर्ने प्रक्रिया अघि बढाउन लागिएको बताइएको छ । जिल्लाका सशस्त्र प्रहरीका चार वटा सुरक्षा बेशवाट राजमार्ग सुरक्षा भइरहेको छ । पछिल्ला महिनामा देखिएको कोभिड—१९को महामारीको समस्या उत्पन्न भएसँगै सीमा क्षेत्रवाट खटिएको सशस्त्रले सर्वसाधारणको आवागमन रोक्न अग्रपंक्तिमा रहेर काम गरिरहेको छ  ।