२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

लागुऔषध कारोबारमा मधेश पहाडको सञ्जाल

लागुऔषध कारोबारमा मधेश पहाडको सञ्जाल
सांकेतिक तस्बिर
अ अ+ अ-

महोत्तरी । महोत्तरी जिल्लामा पक्राउ पर्ने लागुऔषधका कारोबारीको सम्पर्क सञ्जाल पहाड मधेशसम्म भएको पाइएको छ । लागुऔषधका कारोबारीले सञ्जाल नै स्थापना गरेर महोत्तरीका सीमावर्ती क्षेत्रबाट कारोबार चलाइरहेको पाइएपछि प्रहरीले लागुऔषध नियन्त्रणका लागि विशेष सर्च अभियान सञ्चालन गरेको छ । प्रहरीले लागुऔषध नियन्त्रणका लागि देखाएको यो सक्रियताका कारण लागुऔषध कारोबारी र प्रयोगकर्ताहरू धमाधम पक्राउ पर्न थालेका छन् । पक्राउ परेका लागुऔषधका कारोबारी र बरामद सामग्रीबाट यो अवैध कारोबारमा पाहाड मधेशबीच सम्पर्क सञ्जाल भएको पाइएको जिल्लास्थित सुरक्षा निकायले जनाएको हो । 

जिल्लाको सुदूरदक्षिणी भेग होस् वा मध्य र उत्तरी भेग । लागुऔषध ओसारपसार र यसको कारोबारमा पाहाडी जिल्ला मकवानपुरको सम्बन्ध बढी देखिने गरेको सुरक्षा निकायको निष्कर्ष छ । “हामीले चलाएको नियमित गस्ती र विशेष सर्च अभियानका क्रममा जिल्लाका विभिन्न ठाउँमा पक्राउ गरिएका व्यक्ति र लागुऔषध गाँजाको सम्बन्ध मकवानपुरसँग बढी जोडिएको पाएका छौं” जलेश्वर नगरपालिका–५ जलसागरस्थित सशस्त्र प्रहरी बल, ९ नम्वर गण हेडक्वाटरका गणपति सुरेश सापकोटाले रासससँग भन्नुभयो, “बुधबार राति हाम्रो टोलीले भारतीय सीमावर्ती एकडारा गाउँपालिका–३ मा बरामद गरेको गाँजासहितको पिकअप भ्यान  र पक्राउ परेका व्यक्ति मकवानपुरकै रहेका छन् ।” बुधबार राति सशस्त्र प्रहरीको टोलीले ना३च ९६२४ नंको पिकअप भ्यानबाट ११० किलो गाँजासहित मकवानपुरको भिमफेदी गाउँपालिका–२ का करिब ३० वर्षीय अमरकुमार थिङ्गलाई पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

यसअघि केही महिना पहिले एकडारा र महोत्तरी गाउँपालिकाको मडैमा बरामद गरिएको गाँजा पनि मकवानपुरमै उत्पादित भएको प्रहरीको निष्कर्ष छ । लागुऔषध गाँजा मकवानपुरका भित्री पाहाडी बस्तीबाट कारोबारीको सञ्जालले महोत्तरीको भारतीय सीमावर्ती बस्तीसम्म पु¥याउने र यहाँका कारोबारीले खुला सीमाको प्रयोग गर्दै भारत पु¥याउने गरेका प्रहरी अधिकारी बताउँछन् । जिल्लामा लागुऔषध ओसारपसार गर्नेले बर्दिबासलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर कारोबार गर्ने गरेका पाइएको छ । पाहाडी भेगमा उत्पादित गाँजा भारत पु¥याउने र भारतीय बजारबाट नेपालमा प्रतिबन्धित नशालु लागुऔषध लिएर फर्कने गरेका पाइने गरेको छ । यस्ता कारोबारमा जिल्लाको उत्तरी भेगको बर्दिबास नगरक्षेत्रका दुव्र्यशनी युवा प्रयोग हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताउनुभयो । 

जिल्लामा दत्र्ता हुने यस प्रकृतिका घटना र मुद्दामा बर्दिवाससम्बद्ध पक्ष ७० प्रतिशतभन्दा बढी हुने गरेको प्रहरी अधिकारीको भनाइ छ । जिल्लामा पछिल्ला सात वर्षयता बर्सेनी सरदर ३०÷३५ वटा लागुपदार्थ ओसारपसारका वारदात हुँदै आएका प्रहरी अधिकारी बताउँछन् । केही दशकपूर्व जिल्लाको हाल एकडारा गाउँपालिकाको अजमरपट्टीको गाँजा संसारभरीकै दुव्र्यशनीको रोजाइमा पर्ने गरेको बताइन्थ्यो । पछिल्ला दिनमा गाँजाखेती अबैध घोषित भएसँगै प्रहरी सक्रियताले यहाँ गाँजा खेती फाँडिन थालेपछि यसको कारोबार पाहाडी जिल्लासँग जोडिएको प्रहरी अधिकारीको भनाइ छ । मकवानपुरका कारोबारीले बर्दिबाससँगको नाता सम्बन्ध बढाएर यहाँका दुव्र्यशनीको मद्दतले सीमाक्षेत्रसम्म सञ्जाल सम्पर्क बढेको अनुसन्धानले देखाएको प्रनाउ बिष्टले बताउनुभयो । 

लागुऔषध ओसारपसार, कारोबार र यसको दुव्र्यशन रोक्न प्रहरीको प्रयत्नमात्र पर्याप्त नहुने प्रहरी अधिकारीको भनाइ छ । खासमा जिल्लाको बर्दिबास नगरक्षेत्रका अभिभावकले आफ्ना सन्तानको निगरानी सुक्ष्म बढाएर उनीहरुको कारोबारीसँगको सम्बन्ध टुटाउन सबैले पहलकदमी लिन अपरिहार्य देखिएको प्रहरी अधिकारीको भनाइ छ । बर्दिबास नगरक्षत्रभित्र विद्यालय जाने विद्याथी पनि यस्तो कुसङ्गतमा परेका अनुसन्धानमा देखिने गरेको प्रहरीको भनाइ छ ।