४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा मलेसियाका स्टेफिनो बने पपुलर खेलाडी

अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा मलेसियाका स्टेफिनो बने पपुलर खेलाडी
अ+ अ-

काठमाडौं ।  काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा मलेसियाका स्टेफिनो एटम पपुलर खेलाडी बनेका छन् । युट्युवमा सबैभन्दा बढी भ्यु प्राप्त उनको भिडियोले सबैभन्दा बढी लाइक पाएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।  पपुलर खेलाडी बनेका एटमले दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् । उनले पुरुष २९ वर्षमुनिको स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पपुलर खेलाडी विधाको पुरस्कारको प्रायोजन सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक एवं एनआरएनए बेलायतका पूर्वउपाध्यक्ष राष्ट्र राईले गरेका छन् । राई नेपालका पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी पनि हुन् । च्याम्पियनसिपमा थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी उत्कृष्ट खेलाडी घोषित भएका थिए । पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए । चियानीले भने महिला १४ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन् । उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही एक सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।

च्याम्पियनसिपमा मलेसिया टिम च्याम्पियन बनेको छ । मलेसियाले ६ स्वर्ण, चार रजत र सात कांस्य जितेको थियो । यस्तै आयोजक नेपाल चार स्वर्ण, ७ रजत र १० कांस्य जित्दै दोस्रो भएको छ । मेक्सिकोले दुई स्वर्ण र एक रजत जित्दै तेस्रो स्थान हात पारेको थियो । च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना गरिएको हो । च्याम्पियनसिपमा महिला र पुरुष गरी १८ उमेर समूहमा प्रतिस्पर्धा भएको थियो ।

कोरोना भाइरसको सन्त्रासको समयमा पनि १८ राष्ट्रबाट खेलाडी सहभागी हुनु च्याम्पियनसिपको सबैभन्दा ठूलो सफलता भएको प्रतियोगिता संयोजक घिसिङले जानकारी दिए । ‘अहिलेको विषम् परिस्थितिमा पनि खेलाडीहरुले उत्साहजनक सहभागिता जनाए’, प्रतियोगिता संयोजक घिसिङले भने, ‘यसले आगामी दिनमा पनि भब्य कार्यक्रम आयोजना गर्न थप हौसला दिएको छ ।’