५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफै हुन्छः वरिष्ठ नेता नेपाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिवद्धता भए पार्टी भित्र देखिएको समस्या समाधान हुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफै हुने बताउनुभएको हो । त्यसका लागि पार्टी कमिटीको बैठक निरन्तर राखि छलफल, बहस र वादविवाद गर्नुपर्ने बताउनुभयो । बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन नसक्ने पनि वरिष्ठ नेता नेपालले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘पार्टी कमिटी नै एउटा ठाउँ हो जहाँ सबै खालका कुराहरु आउँछन, आउनुपर्छ । छलफल बहसबाट नै उपाय खोज्नुपर्छ । किनभने हामीले आन्दोलनलाई र यो पार्टीलाई एकतावद्ध भएर अगाडी बढाउनुपर्छ । एकतावद्ध भएर अगाडी बढाउन गई हामी सबै अनुशासनमा बाधिनुपर्छ । अनुशासनमा बाधिने हो भने आफ्नो आफ्नो ठाउँमा सशक्त र प्रभावकारी भूमिका खेल्ने हो भने भएका कमी कमजोरीलाई सुधार्ने हो भने त्यसपछी यो आन्दोलन अगाडी बढ्छ । पार्टी अगाडी बढ्छ । जनताको चाहनालाई हामी विगतमा पनि छलफल बहस बादविवाद हुँदै आएका छन । छलफल बहसबाट भाग्नेपनि होइन, बैठकबाट भाग्नेपनि होइन, कमिटी प्रणालीबाट भाग्नेपनि होइन एक्लै बन्ने पनि होइन, पार्टीको सामूहिक नेतृत्वलाई पार्टीको निर्णयलाई स्वीकार गर्ने सबैमा प्रतिवद्धता चाहिन्छ । ’

पार्टीलाई एकतावद्ध भएर  अगाडी बढाउन सबै नेता कार्यकर्ता अनुशासनमा बाधिनुपर्ने पनि वरिष्ठ नेता नेपालले बताउनुभयो । पार्टीको अनुशासनमा बाधिने र आ–आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्ने र कमिकमजोरीहरुलाई सुधारेमा कम्युनिष्ट आन्दोलन र पार्टी एकतालाई बचाउन सकिने बताउनुभयो ।