५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसीको सम्पुर्ण कोरोना उपचार खर्च सरकारले बेहोर्ने



अ+ अ-

काठमाडौं । डा. गोविन्द केसीको सम्पुर्ण कोरोना संक्रमण उपचार खर्च सरकारले बेहोर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा. डा गोविन्द केसीको कोरोना संक्रमण उपचार खर्च सरकारले गर्नेबारे सामाजिक सञ्जाल ट्वीटर मार्फत सबैमा आज जानकारी दिलाउनुभएको हो ।

प्रम ओलीले ट्वीट गर्दै भन्नुभएको छ, 'कोरोना संक्रमित हुनुभएका डा. गोविन्द केसीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँको उपचार सम्पुर्ण खर्च सरकारले बेहोर्ने समेत जानकारी गराउँदछु । '

 प्रम ओलको ट्वीट:

हाल डा. केसी शिक्षण अस्पताल महाराजगंजको गणेशमान सिंह भवनमा भर्ना हुनुभएको छ। डा. केसीलाई डा. सुबास आचार्यको  टोलीले उपचार गरिहेको छ । सरकारी सेवाबाट अवकास पाएपछि डा. केसी दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिदै आउनुभएको थियो ।