सुनसरी । धरानको बी.पी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरी जिल्लाको बराह–५ की १९ वर्षीया युवतीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
बी.पी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आज शनिबार बिहान ४ः३० बजे उनको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।
डा. श्रेष्ठका अनुसार मृतकमा पहिलेदेखि नै दीर्घ रोग रहेको थियो । शवको नियमानुसार व्यवस्थापन हुने अस्पतालले जनाएको छ ।











