२५ पुष २०८१, बिहीबार
January 9, 2025 Thursday
Latest
नेपाल एयरलाइन्सको सुधार नगरी विश्राम लिँदैनौँः मन्त्री पाण्डे अमेरिकामा डढेलोका कारण हाहाकार, लस एन्जलस क्षेत्रका हजारौं मानिसलाई घर छोड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरण: सरकारी वकिलको जवाफी बहस सकियो सूर्यदर्शन सहकारी प्रकरणः सरकारी वकिलको बहस सकियो, आजै आदेश आउने सम्भावना कानून परिवर्तन गरेर भएपनि त्रिभूवन विश्वविद्यालय सुधारेरै छोड्छुः शिक्षामन्त्री भट्टराई देउवामाथि माधवको आरोप: ठेक्कामा कमिसन खान डडेलधुरामा पनि विमानस्थल बनाउन खोजियो लस एन्जलस डढेलोः पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने सुनचाँदीको मूल्यमा सामान्य वृद्धि आगलागीमा परी एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध



अ+ अ-

नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको जङ्गलमा बाटो भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्व–पश्चिम राजमार्ग भासिएको हो ।

सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अनुमानित डेढ फिट भासिएको छ ।

बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युत्को ‘हाइटेन्स पोल’ पनि सडकमा ढलेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीको संयुक्त प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसैबीच सड्क भासिएर अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सड्कको मर्मत सुरू भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिनुभयो । सोमबार साँझ ५ बजेतिर सडक भसिएर आवागमन अवरुद्ध बनेनेको भन्दै यात्रुहरू अलपत्र परेपछि सोमबार राति साढे ११ बजेदेखि मर्मत सुरू गरिएको उहाँले बताउनुभयो । आज बिहानसम्म मर्मत सम्पन्न गरी नियमित सडक सञ्चालन गर्नेगरी काम भइरहेको प्रहरी उपरीक्षक फुयालले जानकारी दिनुभयो । रासस