• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस्

पाकिस्तानमा पनि बलात्कार सम्बन्धी दैनिक एघार घटना



इस्लामावाद । पाकिस्तानमा बलात्कारका घटना औसतमा दैनिक ११ ओटा हुने गरेको पाइएको छ । पछिल्लो छ बर्षमा प्रहरी कार्यालयमा बलात्कार सम्वन्धी २२ हजार ओटा विवरण दर्ता भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ७७ ओटा अर्थात् ०.३ प्रतिशत घटनामा मात्रै मेलमिलाप भएको जिओ न्युले समाचार सम्प्रेषण गरेको छ । यो विवरण पाकिस्तानको प्रहरी, कानुन तथा न्याय आयोग, मानवअधिकार आयोगलगायतका निकायहरुले तयार पारेका हुन् ।
 
प्रहरीका अनुसार ४१ प्रतिशत घटना मात्रै दर्ता हुने गरेका छन् । सामाजिक अवस्था र पारिवारीक कारणले गर्दा बलात्कार सम्वन्धी घटना सार्वजनिक नहुने र दर्ता पनि नहुने गरेको प्रहरी अधिकारीहरुको अनुभव छ । सामाजिक दवाव र कानुनी केही कमजोरीका कारण बलात्कारका घटना धेरै हुने गरेको र दोषीमाथी कारबाही कम हुने गरेको उनीहरुले बताउने गरेका छन् । सन् २०१५ देखि अहिलेसम्म २२ हजार ३७ ओटा बलात्कारसम्वन्धी घटना दर्ता भएको सरकारी अधिकारीहरुले जनाएका छन् । ती मध्ये चार हजार ६० उजुरी अझै पनि कारबाही कै चरणमा रहेका छन् । 

प्रहरीले घटना भएका सवै दर्ता भएको भए पाँच बर्षमा त्यसको संख्या झण्डै ६० हजार पुग्ने अनुमान गरेको छ ।  कुल दर्ता भएका उजुरीहरु मध्ये १२ प्रतिशत घटना मात्रै अदालतसम्म पुग्ने गरेको प्रहरी अधिकारीहरुको भनाई छ ।