२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ? एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली प्रधानमन्त्रीको स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको अवरोध कायमै श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो



अ+ अ-

काठमाडौँ । ललितपुर क्विन्स पहिलोपल्ट शुरु भएको एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित निकाल्ने फ्रेन्चाइज टोली बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सोमवार भएको उद्घाटन खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्समाथि ३–१ को सेटमा नतिजा निकाल्दै एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित निकाल्ने टोली हो ।

यससँगै ६ टोली सहभागी पहिलो संस्करणको फ्रेन्चाइज लिगमा क्विन्सले तीन अंक बटुलेको छ । तीन थाई खेलाडीको राम्रो साथ पाएको क्विन्सले पहिलो सेट २५–२० ले आफ्नो बनाउँदै राम्रो शुरुवात गर्यो । तर दोस्रो सेटमार्फत काठमाडौं स्पाइकर्सले पुनरागमन गर्ने संकेत गर्यो ।

यो सेट काठमाडौंले २५–२१ ले आफ्नो बनाउँदै बराबरीमा ल्यायो । उषा भण्डारीको काठमाडौं स्पाइकर्सले तेस्रो सेटमा पनि चुनौती दियो । तर, लिबेरो सलिना श्रेष्ठको ललितपुर क्विन्सले २५–२१ ले आफ्नो पक्षमा पार्दै फेरि अग्रता लियो ।

तेस्रो सेटमा ललितपुर क्विन्सकी थाइ खेलाडी र काठमाडौंकी स्वदेशी घाइते हुँदै बाहिरिए । यद्यपि, एक विदेशी खेलाडी बिना नै ललितपुर क्विन्स चौथो सेटमा काठमाडौं स्पाइकर्समाथि हावी भयो । यो सेट पनि २५–१९ ले आफ्नो पक्षमा पार्दै ललितपुर क्विन्सले पहिलो संस्करणमा सुखद् शुरुवात गरेको छ ।

सोमवार नै थप दुई खेल हुनेछन् । दोस्रो खेलमा मधेस युनाइटेडले कर्णाली एसभिस तथा तेस्रो खेलमा चितवन शक्तिले गण्डकी थन्डर्ससँग प्रतिष्पर्धा गर्दैछन् । मधेसको कप्तान निरुता ठगुन्ना र कर्णालीको कप्तानीमा मिडल ब्लकर सुमित्रा रेग्मी हुन् ।

नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले चितवन शक्तिको नेतृत्व गर्दैछिन् भने गण्डकीको कप्तानीमा सरस्वती चौधरी छिन् । प्रत्येक टोलीले एक मार्की, तीन विदेशी र १२ खेलाडी राख्न पाउने प्रावधान छ ।

सबै टोलीमा गरेर कुल १८ विदेशी खेलाडी छन् । फ्रेन्चाइज टोलीले अमेरिका, युरोप र एशियाका खेलाडीहरू अनुवन्धन गरिसकेका छन् ।

सबैले एकआपसमा खेलेपछि लिगमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधि भिडन्त गर्नेछन् । उपाधि भिडन्त आगामी अक्टोबर ५ मा हुनेछ ।

नेपालमा क्रिकेट र फुटबलपछि भलिबलको फ्रेन्चाइज लिग सुरु भएको हो । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा पहिलोपल्ट सुरु भएको भलिबलको फ्रेन्चाइज लिगमा कुल ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

यस फ्रेन्चाइज लिगमा भारतबाट चार जना, टर्किए, रसिया र थाइल्यान्डबाट समान तीन तथा काजकिस्तान, ट्युनिसिया, बुल्गेरिया, अमेरिका र ग्रिसबाट समान एक विदेशी खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।




भर्खरै