६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार



अ+ अ-

काठमाडौँ । नेपाली सेनाले बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको छ ।

गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, ललितपुर र काठमाडौँबाट गरी आज बेलुकीसम्म सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

“बिपी राजमार्ग अवरुद्ध भएर काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा अलपत्र परेका पाँच सय ३२ जनाको उद्धार गरी सुरक्षित स्थानमा सार्नुका साथै घाइतेलाई अस्पतालसम्म पु(याइएको छ”, प्रवक्ता तिवारीले भन्नुभयो, “निजी हेलिकप्टरबाट पनि प्रभावित क्षेत्रबाट उद्धार भएको छ ।” गत शनिबारदेखि सोमबार बेलुकीसम्म हवाइ उद्धारमा सेनाका तीन वटा हेलिकप्टर परिचालित थिए । “हवाइ उद्धार अन्तिम अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “आवश्यकताअनुसार भोलीबाट पनि हवाइ उद्धार हुन्छ ।”

सेनाको टोलीले उद्धारसँगै हवाइ साधनमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पु(याउँदै आएको छ । गृह मन्त्रालयमार्फत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन र राहत वितरण भइरहेको जनाइएको छ । विपद्का घटनामा सुरक्षाकर्मीले मुलुकभरका प्रभावित क्षेत्रबाट चार हजारभन्दा बढीको सकुशल उद्धार गरेको जनाएको गृह मन्त्रालयले जनाएको छ ।

सोमबार बेलुकीसम्म विपद्मा परी दुई सय नौ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार विपद्का कारण अवरुद्ध राजमार्ग सुचारु गर्ने क्रम जारी छ । कतिपय बढी प्रभावित राजमार्गमा वैकल्पिक सडक सञ्चालनको तयारी भइरहेको छ । रासस