काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चरम अन्तरविरोध बढीरहेको बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु राष्ट्रपति भवन शितल निवास पुगेका छन् ।
शुक्रबार मात्र पार्टी सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाएपछि नेकपाभित्रको कलह उत्कर्षमा पुगेको छ ।
दुबै अध्यक्षले आफ्ना निकट नेता एवं कार्यकर्तासँग छलफल गर्दै कुनै पनि परिस्थितिका लागि तयार रहन निर्देशन दिँदै आएको अवस्थामा यो भेट भएको हो ।
राष्ट्रको अभिभावक रहनु पर्ने राष्ट्रपति आफ्नो पूर्व पार्टी नेकपा भित्रको आन्तरिक विवादमा प्रवेश गरेर विगतदेखि आलोचित हुँदै आउनु भएको छ, र यसपटक फेरि उहाँले पार्टीका नेताहरुलाई शितल निवास बोलाएर पार्टीको आन्तरिक विषयमा छलफल गरिरहनु भएको छ ।











