• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   पार्टी फुटले सरकारलाई कुनै असर गर्दैनः उपप्रधानमन्त्री यादव ★   सयको नोटमा नयाँ नक्शा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिसँग जवाफ ★   वडा कार्यालय भवन उद्घाटनसँगै स्व. रिजालको शालिक अनावरण ★   वीरगन्जका पूर्व मेयर सरावगीले एमाले परित्याग गरे ★   जब आइन्स्टाइनको दिमाग चोरी भयो ★   संघीयता कहिलेसम्म हो थाहा छैन: सचिव झाँक्री ★   अवैध बाटोबाट अमेरिका पठाइदिने भन्दै ५ करोड ५० लाख ठगी गर्ने गिरोह पक्राउ ★   साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण: प्रधानमन्त्री ★   कांग्रेस प्रधानमन्त्री भइदेउ भनेर जहाँ पनि पुग्छ – ओली ★   ‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण

श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने पक्राउ



जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नंं ७ जानकीनगरमा बस्ने सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको हो । 

साहले श्रीमती आरती र छोरी रिया साहको शरीरमा समेत एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । एसिड प्रहारले आरतीको अनुहार, छाती, पेटलगायत शरीरको २० प्रतिशत  भाग जलेको छ भने रियाको टाउको र बायाँ हात जलेको छ । प्रहरी निरीक्षक रमेश सिग्देलका अनुसार एसिड प्रहारले घाइते दुवैको जानकी हेल्थ केयर एन्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।  आरतीको अवस्था गम्भीर र रियाको अवस्था भने सामान्य रहेको जनाइएको छ ।