५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने पक्राउ



अ+ अ-

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नंं ७ जानकीनगरमा बस्ने सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको हो । 

साहले श्रीमती आरती र छोरी रिया साहको शरीरमा समेत एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । एसिड प्रहारले आरतीको अनुहार, छाती, पेटलगायत शरीरको २० प्रतिशत  भाग जलेको छ भने रियाको टाउको र बायाँ हात जलेको छ । प्रहरी निरीक्षक रमेश सिग्देलका अनुसार एसिड प्रहारले घाइते दुवैको जानकी हेल्थ केयर एन्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।  आरतीको अवस्था गम्भीर र रियाको अवस्था भने सामान्य रहेको जनाइएको छ ।