१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेकाले त्यसका विरुद्ध सजग हुनुपर्ने- देव गुरुङ (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता देव गुरुङले देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेकाले त्यसका विरुद्ध सजग हुनुपर्ने बताउनुभएको छ । 

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले विश्वव्यापिकरणका कारण देशको भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने चुनौती थपिएको बताउनुभयो । अन्तर्राष्ट्रिय रुपमा हाबि भइरहेका संस्कार, संस्कृति र चिन्तनहरुले नेपाली संस्कार र संस्कृतिहरुलाई विस्थापित अथवा निरुत्साहित पार्ने खतरा रहेको उहाँले बताउनुभयो । नेता गुरुङले सांस्कृतिक अतिक्रमणका विरुद्धमा सजग रहनुपर्नेमा जोड दिनुभयो ।

उहाँले देश भित्रका पनि एउटा समुदायले अर्को समुदायको संस्कार र संस्कृतिको अतिक्रमण गरिरहेको उल्लेख गर्दै त्यसबाट पनि सजग रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले विश्व ग्लोबलाइजेशनको अवस्थामा छ । यो स्थितिमा कतिपय राष्ट्रिय भाषा, धर्म, संस्कार र संस्कृतिहरुको सन्दर्भमा रक्षा गर्ने प्रश्नमा कतिपय चुनौतीहरु छन् । अन्तर्राष्ट्रिय रुपमा जुन प्रकारका चिन्तन, संस्कार र संस्कृतिहरु हाबि भइराखेको छ । त्यसले राष्ट्रिय संस्कार र संस्कृतिहरुलाई एक हदसम्म विस्थापित गर्ने या निरुत्साहित गर्ने प्रवृतिहरु पनि बढिराखेका छन् । बाह्य रुपमा बढ्दै गइरहेको सांस्कृतिक अतिक्रमणको विरुद्धमा पनि हामी उत्तिकै सजग रहनुपर्दछ । आन्तरिक रुपमा विगतकालको सामन्तवादी संस्कार र संस्कृतिले जुन प्रकारको अरु समुदायहरुका संस्कार र संस्कृतिलाई जो अतिक्रमण गरिराखेका छन् । त्यसबाट पनि हामी सजग रहनुपर्दछ ।’

उहाँले नेपाली जनताले अंगिकार गरेको सबै भाषा, संस्कुतिलाई समान रुपमा मान्यता स्थापित गर्दै संकार र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो ।