काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसंगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या देशभरी १२१५ जना पुगेको छ।
त्यस्तै आज शनिवार मात्रै नेपालमा थप १९४६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ८ हजार २९९ पुगेको छ।
पछिल्लो २४ घण्टामा र्यापिड र पिसिआर गरि देशभरी ८७५३ जनाको कोरोना परिक्षण गरेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।











