५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईतबार कोरोनाबाट थप १४७७ संक्रमित, निको हुने दोब्बर



अ+ अ-

काठमाण्डौ  । पछिल्लो २४ घण्टामा छ हजार ४७६ जनामा परीक्षण गर्दा थप एक हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या दुई लाख ९ हजार ७७६ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २७९८ रहेको छ भने हालसम्म संक्रमणमुक्त हुनेको कुल सङ्ख्या एक लाख ७३ हजार ४३० पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा छ सय ३२, रुपन्देहीमा ९१, ललितपुरमा १३३, दाङमा ६४, नुवाकोटमा ४४, भक्तपुरमा ४२, चितवनमा ३६, कैलालीमा ३३, कास्कीमा ३९ र मोरङमा ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सुनसरीका २६, बाँकेमा २८, झापा, गुल्मी र पाल्पामा २२÷२२, कपिलवस्तुमा १७, नवलपरासीमा १६, सोलुखुम्बुमा १३, प्युठानमा १०, धादिङमा नौ, ताप्लेजुङ र नवलपरासी पूर्वमा आठ÷आठ, तेह्रथुममा सात र धनकुटा, तनहुँ, बर्दिया, दैलेख, कञ्चनपुर, बझाङ र बैतडीमा छ जनामा संक्रमण पुष्टि भएको छ ।
खोटाङ, गोरखा, सप्तरी, काभ्रे, सिन्धुली र अर्घाखाँचीमा चार÷चार, सिराहा, इलाम, दोलखा र मकवानपुरमा पाँच÷पाँच, बारा, रसुवा, स्याङ्जा र अछाममा तीन÷तीन जना, भोजपुर, संखुवासभा, रौतहट, सर्लाही, लमजुङ, बागलुङ, रोल्पा, रुकुम पश्चिम, सुर्खेत र डडेल्धुरामा दुई÷दुई र उदयपुर र ओखलढुंगा, धनुषा महोत्तरी, सल्यान र हुम्लामा एक÷एक जनामा संक्रमण भएको मन्त्रालयले जानकारी दिएको छ ।