९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

प्रचण्डले लगाएको आरोपको ओलीले पत्र मार्फत तथ्य सहित प्रतिवाद गर्ने तयारी

प्रचण्डले लगाएको आरोपको ओलीले पत्र मार्फत तथ्य सहित प्रतिवाद गर्ने तयारी
अ अ+ अ-

काठमाडाैंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच बढ्दै गएको अन्तर संघर्ष साँधुरिने भन्दा पनि झनै बढ्दै गएको छ । गत कार्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्षमाथि संगीन आरोप सहितकाे प्रस्ताव सचिवालयको बैठकमा पेश गरेपछि तरङ्गित बनेको नेकपा भित्रको अन्तरकलह निकै जटिल मोडतर्फ पुगेको छ ।

सचिवालयको बैठक बोलाउन पाँच नेताले लिखित माग गरेको पत्रबाट सुरु भएको पत्रयुद्ध ओलीले पत्रमार्फत नै पाँच नेतालाई जवाफ फर्काउनु भएको थियो ।  केही समययता एकअर्का प्रति निकै आक्रामक बनेका ओली र प्रचण्ड यतिबेला एकले अर्काको अस्तित्व नै स्वीकार नगर्ने अवस्थामा पुगेका छन् ।  

प्रचण्डले कात्तिक २८ गतेको पत्रबाट झनै टाढिएको दुई नेताको सम्बन्धलाई पुनः जोड्नका लागि  दोस्राे तहका केही नेताहरू सक्रिय भएपनि त्यसबाट कुनै सकारात्मक छनक आएको छैन । आइतबार मात्र प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पाँच नेता मध्येका माधव नेपाल र वामदेव गौतमसँग बालुवाटारमा छुट्टाछुट्टै तथा महासचिव विष्णु पौडेल समेत सहभागी भई चार नेता बीच छलफल गर्नु भएको छ । सचिवालयका एक सदस्यका अनुसार अन्य दिनको छलफलमा भन्दा आइतबारको छलफलमा नेता  नेपाल र गौतम केही नरम देखिनु भएको थियो । 

उहाँहरुले प्रधानमन्त्री ओलीलाई अर्का अध्यक्ष प्रचण्डले लगाएका आरोपको खण्डन र प्रतिवाद गर्न सुझाव दिनु भएको थियो । स्रोतका अनुसार प्रधानमन्त्रीले खण्डनका लागि आफू तयार रहेको जनाउ दिँदै प्रचण्डले लगाएको आरोपको तथ्यका आधारमा रहेर प्रतिवाद गर्ने र प्रचण्डबाट भएगरेका कामको पनि तथ्य सहित फेहरिस्त सार्वजनिक गर्ने संकेत गर्नु भएको छ । उहाँले जसले  मनगढन्ते आरोप लगाउनु भएको छ उहाँका बारेमा पनि तथ्य सहित प्रतिवाद सार्वजनिक किन नगर्ने ?

प्रधानमन्त्रीले नेपाल, गौतम समक्ष कुरा राख्नु भएको थियो ।  प्रधानमन्त्री ओलीले सहमतिका लागि आफू तयार रहेको तर निरन्तर आफूमाथि हमला भएको भन्दै  प्रतिवादका लागि तयार रहेको जनाउनु भएको थियो । प्रधानमन्त्रीले नेपाल र गौतम समक्ष भन्नुभयो,  म स्थायी समिति बैठकको निर्णय पूर्ण रुपमा मान्न तयार छु  तर यसरी आक्रमण भै रहने हो भने किन मान्ने ? 

दुई नेताले एकल तथा सामूहिक छलफलमा  पार्टी गम्भीर मोडमा आइपुगेको भन्दै सबैले गम्भीर भएर समीक्षा गर्नुपर्ने बताउनु भएको थियो  । स्राेतका अनुसार  प्रधानमन्त्री तथा अध्यक्ष ओली ३ गतेको सचिवालयको बैठकलाई रोकेर प्रचण्डको जवाफ पत्र मार्फत नै दिने तयारीमा रहनु भएको छ ।