काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एबं परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले नीतिगत वहस गरौँ, पुष्टि गर्न नसकिने आरोप प्रत्यारोप नगरौँ भन्दै पार्टी एकता अप्ठ्यारोमा रहेको जनाउनु भएको छ । सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस राख्दै मन्त्री ज्ञावलीले एकताको रक्षा प्रयाश भने जारी रहेको बताउनु भएको छ ।
उहाँले लेख्नुभएको छ – पार्टी एकता अप्ठ्यारोमा छ । तर एकताको रक्षा प्रयाश पनि जारी छ । आशा छ, संकटका बादलहरू हटेर जानेछन् । कमरेडहरूलाई आग्रह छ, नीतिगत वहस गरौँ, पुष्टि गर्न नसकिने आरोप प्रत्यारोप नगरौँ । एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ । आहानै छ, खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ ।











