५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला



अ+ अ-

काठमाडौं ।  नेवार समुदायका केही समूहले आज (मंगलबार) भाइटीका लगाउने भएपछि काठमाडौंको रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिर खुल्ला गरिएको छ ।  रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर मंगलबार बिहान ५ बजेदेखि साँझ ५ बजे सम्म खुल्ला हुने भएको हो ।

दिदी बहिनी नहुने दाजुभाइले बालगोपालेश्वर मन्दिरमा पुगेर पूजाआजा गरी टीका लगाउने प्रचलन रहेको छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ । यसपटक सोमबार र मंगलबार टीका लगाउने भएपछि मन्दिरलाई दुई दिन नै खुल्ला गरिएको हो । मंगलबार बिहान पनि केही समय द्वितीय तिथि रहेकाले नेवार समूदायका केही समूहले आज भाइटीका लगाउने भएका हुन । नेवार समुदायको भाइटीका (किजा पूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएकोछ ।


हरेक वर्ष भाइटीकाको दिन खुल्ने यो मन्दिर २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि ५ वर्ष सम्म पुननिर्माणका कारण बन्द रहेको थियो । तर अहिले पुननिर्माण सम्पन्न भएपछि तिहारमा टीका लागउन सर्वसाधारणका लागि खुल्ला गरिएको हो । ५ वर्ष पछि पुनः बालगोपालेश्वर मन्दिरमा पूजा गरी भाइटीका लगाउन पाउँदा सर्वसाधारणहरु खुशी देखिएका छन् । यसवर्ष कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड लागू गरी टीका लगाउने व्यवस्था पनि गरिएको छ ।