११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्धारास्थित मदनी मस्जिदको संरक्षणका लागि मन्त्री संग अनुरोध



अ+ अ-

काठमाडौं । काठमाडौंको सुन्धारास्थित मुस्लिम समुदायको मदनी मस्जिद रहेको सरकारी जग्गा व्यक्तिको नाममा गरिएको भन्दै मुस्लिम समुदायका अगुवाहरुले सो जग्गा सरकारको नाममा ल्याउन माग गरेका छन् । 

बिहिवार मुस्लिम आयोग, विभिन्न राजनीतिक दलका मुस्लिम समुदायसँग सम्बन्धित भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई भेट गरी सुन्धाराको मदनी मस्जिद रहेको जग्गा सरकारको नाममा ल्याउन माग गरेका हुन् । सो सरकारी जग्गा मुस्लिम समुदायले लामो समयदेखि भोगचलन गर्दै आएको भएपनि पछिल्लो समय भुमाफियाहरुले व्यक्तिको नाममा पारी जग्गा हडपेको सरोकारवालाले बताएका छन् । मन्त्री श्रेष्ठलाई सो जग्गा मस्जिद कायम रहनेगरी सरकारको नाममा ल्याउन अनुरोध गरिएको र उहाँले सो जग्गा सरकारको नाममा फिर्ता आउने तथा मस्जिद कायम रहने आश्वासन दिनुभएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो विषयमा अत्यन्तै गम्भिर भएर यो सरकारको जग्गा सरकारकै नाममा फिर्ता आउँछ र विगत लामो समयदेखि मुस्लिम समुदायले भोगचलन गर्दै आएको मुस्लिम समुदायको धार्मिक आस्थाको कुरा त्यहाँ रहेको, त्यहीँ नै कायम रहन्छ भन्ने कुरा मन्त्रीज्यूले आश्वासन दिनुभएको छ । छिट्टै समाधान गर्छौ भन्ने आश्वासन हामीले पाएका छौँ ।’

मुस्लिम समुदायका अगुवाहरुले सो जग्गा छिट्टै सरकारको नाममा आउनेमा विश्वास व्यक्त गरेका छन् ।