२९ फाल्गुन २०८१, बिहीबार
,
Latest
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई इरानद्वारा पत्राचार युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर, २५ वर्षयताकै उच्च : डब्लुएचओ रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ आमाबाट छुट्टिएको छावाको उद्धार ट्रम्पको चेतावनी : युरोपबाट आयात हुने मदिरामा २०० प्रतिशत कर लगाइने स्कर्पियो दुर्घटना हुँदा ८ जना घाइते नेपालले महिला तथा बालिकाको सशक्तीकरण र समावेशीतामा उल्लेख्य उपलब्धि हासिल गरेको छ : मन्त्री सुडी मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीमा सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका १० जनाको उद्धार



अ+ अ-

बरहथवा, (सर्लाही) । सशस्त्र प्रहरी बलले सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार गरेको छ । शनिबार अविरल वर्षासँगै आएको बाढीमा सर्लाहीको बसवरिया गाउँपालिका–२ स्थित एकादशी खोलाको बाढीमा फसेका उनीहरुको उद्धार गरिएको हो ।

सबै जनालाई उद्धार गरी उनीहरुको घरमा पुर्याइएको सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो । खेतीपाती गर्न तथा खोलामा माछा मार्न गएका उनीहरू एकादशी खोलामा पानीको सतह बढेपछि थुनिएका थिए । बसवरिया–२ की ४८ वर्षीया पटिया देवी, २२ वर्षीया कमरिया देवी, ४५ वर्षीया अकिरा देवी, तीन वर्षीय शिवु सहनी, चार वर्षीय शिवम् कुमार, ५४ वर्षीया धनसी सहनी, ५० वर्षीय हरि मुखिया, ५० वर्षीय विलाश सहनी, ५५ वर्षीय नबल सहनी र ५० वर्षीया दुखियादेवी सहनी रहेका प्रहरीले जनाएको छ ।

बाढीसँगै खोलामा माछा मार्न गएका उनीहरू एकातर्फबाट बागमती र अकोतर्फबाट एकादशी खोलाको बाढीले बीच भागमा थुनिएका सशस्त्र प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो । रासस