काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २८७८ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ। हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् ।
त्यस्तै देशभर आज थप ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तिमध्ये ३३९ जना काठमाडौं उपत्यकाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । पछिल्लो २४ घण्टामा देशभरको प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गरिएको थियो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।











