२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई ठूला देशको विकासबाट नेपालले फाइदा लिनुपर्छः उपमहासचिव बस्नेत



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले दुई ठूला देशको विकासबाट नेपाली समाज लाभान्वित हुनुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारत अहिले इमर्जिङ इकोनोमीमा आइरहेको भन्दै यसको फाइदा नेपालले लिन सक्नुपर्ने बताउनुभएको हो ।

उहाँले छिमेकी देशहरुले गरेको प्रगतिबाट अर्को छिमेकी देश खुशी हुनु स्वभाविक रहेको भन्दै भारतले गरेको प्रगतिबाट नेपाल पनि खुशी रहेको बताउनु भयो ।

उहाँले तिब्रतामा भइरहेको विकासबाट नेपाली समाज कसरी लाभान्वित हुनसक्छ भन्नेबारेमा सोच्ने र त्यस दिशामा सार्थक पहल गर्नेकुरा आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यतिबेला भारत एउटा इमर्जिङ इकोनोमीमा देखिरहेको छ । इमर्जिङ इकोनोमीको रुपमा जसरी भारत अघि आइरहेको छ, यो हामी सबैको लागि खुशीको कुरा पनि हो । एक छिमेकी र एक असल मित्र छिमेकीले गरिरहेको प्रगतिबाट हामी सबै खुशी हुने कुरा स्वभाविक छ । हामी खुशी छौँ । त्यो तिब्रतामा भइरहेको विकासबाट नेपाली समाज कसरी लाभान्वित हुनसक्छ भन्नेबारेमा सोच्ने र त्यस दिशामा सार्थक पहल गर्नेकुराको आवश्यक हुन्छ ।

दुई तिहाई हाम्रो ट्रेड भारतसँग छ । आफूसँग भएका श्रोत र साधनको सही ढंगले प्रयोग गर्नसक्ने मुलुकले नै समृद्धिको यात्रा तय गर्दछन् । ४५ प्रतिशत वनजंगलको सही सदुपयोग गर्न आवश्यक छ । जलश्रोतको सही प्रयोगको बारेमा सोच्नु अनिवार्य र अपरिहार्य छ ।’

उपमहासचिव बस्नेतले नेपालमा रहेको ४५ प्रतिशत वनजंगलको नेपालले सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।