२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह उपनिर्वाचनमा २ मंसिरमा उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार २ मंसिरको बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।

३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै ५ मंसिरको दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।

त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ ।

यस्तै निर्वाचन कार्यतालिका अनुसार मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान सुरु हुनुभन्द ४८ घण्टाअघि अर्थात मंसिर १३ गते राति १२ बजेदेखि प्रचारप्रसाद निषेध अवधि लागू हुने आयोगले जनाएको छ ।