३१ जेष्ठ २०८३, आईतवार
,
Latest
ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइओटा आँधीका कारण मध्य अमेरिकामा ३० भन्दा बढीको मृत्यु



अ+ अ-

सान साल्भाडोर । मध्य अमेरिकी क्षेत्रमा आएको आइओटा नामक आँधीका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार ३० पुगेको संयुक्त राज्य अमेरिकाको राष्ट्रिय आँधी व्यवस्थापन केन्द्रले जानकारी गराएको छ । गत सोमबार आएको ‘पाँचौँ श्रेणी’को विनासकारी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको निकारागुवा राज्य प्रशासनले बताएको छ ।

आँधीको विनासकारी प्रभाव बिहीबारसम्म रहने अमेरिकी मौसम विज्ञान कार्यालयले जानकारी गराएको छ । अमेरिकामा सन् २०२० कै सबैभन्दा ठूलो मानिएको अलसाल्भाडोर क्षेत्रमा आएको एटलान्टिक आँधी भने केही दिनदेखि शान्त बनेको बताइएको छ । अमेरिकी आँधी केन्द्रका अनुसार आइओटा विस्तारै शान्त हुने क्रम रहेको तर अन्त्यतिर जनजीवनलाई खतरामा पार्ने गरी मध्य अमेरिकी होन्डुरस, निकारागुवा र ग्वाटेमाला क्षेत्रका विभिन्न स्थानहरूमा पहिरो तथा बाढीको मुख्य असर परेको आँधीजन्य विपत् व्यवस्थापन केन्द्रले जनाएको हो ।

आइओटाका कारण निकारागुवामा दुई बालबालिकासहित सबैभन्दा बढी १८ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । आँधीका कारण होन्डुरसमा १४ व्यक्तिको मृत्यु भएकोमा पाँच जना एकै परिवारका रहेको बताइएको छ ।