२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकल नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गरेको हो । राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकको लागि यसअघि २०७१/७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएकोमा अब परिवर्तन गरी यो वर्षबाट २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्यभार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यताअनुसार आधार वर्ष परिवर्तन गरेको बताएको छ । पहिले प्रयोग नहुने वस्तु प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले प्रयोग नहुँदा हटाउनुपरेका कारण आधार वर्ष परिवर्तन भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनु भयो ।

उहाँले परिवर्तन गर्न खाजेका कुराहरु अहिले नै पूर्ण नहुने भन्दै परिवर्तन निरन्तरको प्रक्रिया भएको बताउनु भयो । उहाँले उपभोक्ता मूल्य सूचकांकमा केही तल माथि भए आगामी दिनमा सुधार गर्दै लैजाने बताउनु भयो । उहाँले उपभोक्ता मूल्य सूचकांक मार्केट सेन्टरहरु बढेर गएका, ५० जिल्ला मात्रै समेटिएकोमा अहिले सबै जिल्ला समेटिएको भएको बताउनु भयो । उहाँले ४९६ वस्तुहरुको मूल्य संकलन गरिने भएपनि अहिले ५२५ पुर्‍याइएको बताउनु भयो । उहाँले ‘उपभोक्ता मूल्य सूचकांक’ उपभोगको प्रवृत्ति भएको परिवर्तन र समयाअनुकलका मूल्यहरुलाई पनि समावेश गराएर डाइनामिक बनाउन खोजिएको बताउनु भयो । उहाँले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार र वस्तुको वास्तविक मूल्य समावेश गर्नेगरी उपभोक्ता मूल्य सूचकांक बनेको बताउनु भयो । उहाँले बजार मूल्यसँग राष्ट्र बैंकले प्रकाशित गर्ने मूल्य मिल्दोजुल्दो नभएको भन्ने सन्र्दभमा समग्र वस्तुको मूल्यको आधारमा मूल्य सूचकांक निकालिने हुँदा त्यस्तो देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘परिवर्तन गर्न खाजेका कुराहरु अहिल्यै पनि पूर्ण हुँदैन । हामीले यो परिपूर्ण भन्ने खोज्यौं भने हामी सहि हुँदैनौं । परिवर्तन भन्ने कुरा निरन्तरको प्रक्रिया हो । हामी त्यही डाइरेक्सनमा जाँदै छौं । केही तल माथि छन् भने भोलिको दिनमा सच्याउने छौं । ‘उपभोक्ता मूल्य सूचकांक’को सन्दर्भमा मार्केट सेन्टरहरु बढेर गएका छन् । ५० जिल्ला मात्रै कभर भएकोमा अहिले ७७ जिल्ला कभर भएका छन् । बस्तुको सन्र्दभमा ४९६ वस्तुहरु अहिले ५२५ पुगेको छ । २९ वटा मात्रै वस्तु बढेको देखिए पनि बढेको वस्तु १३५ हो । १०६ वस्तुहरु हटाएका छौँ । उपभोक्तामा उपभोगमा भएको परिवर्तनलाई सम्बोधन गर्न खोजिएको छ ।

समयाअनुकलका मूल्यहरुलाई पनि समावेश गराएर डाइनामिक बनाउन खोजिएको छ । उपभोक्तामा उपभोगमा भएको परिवर्तन र बजारमा भएका वस्तुहरुलाई रिप्रिजिटेशन गर्ने गरी उपभोक्ता मूल्य सूचकांक’ बनेको छ । बजार मूल्यसँग राष्ट्र बैंकले प्रकाशित गर्ने मूल्यसँग मिल्दैन भन्ने प्रश्न जुन छ । एउटा मात्रै वस्तुको मूल्य १० रुपैयाँले बढ्यो र अन्य कुनैपनि वस्तुको मूल्य परिवर्तन भएन मसिनो चामलको मात्रै एक वर्षमा १० मूल्य बढ्यो भने समग्र सूचकांकमा १ प्रतिशत भन्दा तल बढ्यो । तर बजारमा प्रश्न आउन सक्छ । यो विषयमा सञ्चारमाध्यमले बुझाउन सक्नुपर्छ । यो परिवर्तनसँगै विगतको भन्दा वास्तविकता हुनेछ ।’

संघीय संरचनाअनुसार तथ्यांक संकलन गर्न आधार वर्ष परिमार्जन भएकाले नयाँ आधार वर्षमा उपभोक्ता मूल्य सूचकांक गणनामा परिमार्जन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालय तथ्यांक विभाग, केन्द्रिय तथ्यांक कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकांक तयार गरेको हो । राष्ट्र बैंकका अनुसार १ लाख २ हजार भन्दा बढी मूल्यका भार अंकसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकांक निकालिन्छ । ५ सय २५ वस्तु तथा सेवाको मूल्यका आधारमा नयाँ मूल्य सूचकांक निकालिने गरेको जनाएको छ ।