९ आश्विन २०८१, बुधबार
,
Latest
पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश उच्चस्तरीय व्यवस्थापन समूहको बैठकः साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकल नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गरेको हो । राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकको लागि यसअघि २०७१/७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएकोमा अब परिवर्तन गरी यो वर्षबाट २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्यभार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यताअनुसार आधार वर्ष परिवर्तन गरेको बताएको छ । पहिले प्रयोग नहुने वस्तु प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले प्रयोग नहुँदा हटाउनुपरेका कारण आधार वर्ष परिवर्तन भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनु भयो ।

उहाँले परिवर्तन गर्न खाजेका कुराहरु अहिले नै पूर्ण नहुने भन्दै परिवर्तन निरन्तरको प्रक्रिया भएको बताउनु भयो । उहाँले उपभोक्ता मूल्य सूचकांकमा केही तल माथि भए आगामी दिनमा सुधार गर्दै लैजाने बताउनु भयो । उहाँले उपभोक्ता मूल्य सूचकांक मार्केट सेन्टरहरु बढेर गएका, ५० जिल्ला मात्रै समेटिएकोमा अहिले सबै जिल्ला समेटिएको भएको बताउनु भयो । उहाँले ४९६ वस्तुहरुको मूल्य संकलन गरिने भएपनि अहिले ५२५ पुर्‍याइएको बताउनु भयो । उहाँले ‘उपभोक्ता मूल्य सूचकांक’ उपभोगको प्रवृत्ति भएको परिवर्तन र समयाअनुकलका मूल्यहरुलाई पनि समावेश गराएर डाइनामिक बनाउन खोजिएको बताउनु भयो । उहाँले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार र वस्तुको वास्तविक मूल्य समावेश गर्नेगरी उपभोक्ता मूल्य सूचकांक बनेको बताउनु भयो । उहाँले बजार मूल्यसँग राष्ट्र बैंकले प्रकाशित गर्ने मूल्य मिल्दोजुल्दो नभएको भन्ने सन्र्दभमा समग्र वस्तुको मूल्यको आधारमा मूल्य सूचकांक निकालिने हुँदा त्यस्तो देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘परिवर्तन गर्न खाजेका कुराहरु अहिल्यै पनि पूर्ण हुँदैन । हामीले यो परिपूर्ण भन्ने खोज्यौं भने हामी सहि हुँदैनौं । परिवर्तन भन्ने कुरा निरन्तरको प्रक्रिया हो । हामी त्यही डाइरेक्सनमा जाँदै छौं । केही तल माथि छन् भने भोलिको दिनमा सच्याउने छौं । ‘उपभोक्ता मूल्य सूचकांक’को सन्दर्भमा मार्केट सेन्टरहरु बढेर गएका छन् । ५० जिल्ला मात्रै कभर भएकोमा अहिले ७७ जिल्ला कभर भएका छन् । बस्तुको सन्र्दभमा ४९६ वस्तुहरु अहिले ५२५ पुगेको छ । २९ वटा मात्रै वस्तु बढेको देखिए पनि बढेको वस्तु १३५ हो । १०६ वस्तुहरु हटाएका छौँ । उपभोक्तामा उपभोगमा भएको परिवर्तनलाई सम्बोधन गर्न खोजिएको छ ।

समयाअनुकलका मूल्यहरुलाई पनि समावेश गराएर डाइनामिक बनाउन खोजिएको छ । उपभोक्तामा उपभोगमा भएको परिवर्तन र बजारमा भएका वस्तुहरुलाई रिप्रिजिटेशन गर्ने गरी उपभोक्ता मूल्य सूचकांक’ बनेको छ । बजार मूल्यसँग राष्ट्र बैंकले प्रकाशित गर्ने मूल्यसँग मिल्दैन भन्ने प्रश्न जुन छ । एउटा मात्रै वस्तुको मूल्य १० रुपैयाँले बढ्यो र अन्य कुनैपनि वस्तुको मूल्य परिवर्तन भएन मसिनो चामलको मात्रै एक वर्षमा १० मूल्य बढ्यो भने समग्र सूचकांकमा १ प्रतिशत भन्दा तल बढ्यो । तर बजारमा प्रश्न आउन सक्छ । यो विषयमा सञ्चारमाध्यमले बुझाउन सक्नुपर्छ । यो परिवर्तनसँगै विगतको भन्दा वास्तविकता हुनेछ ।’

संघीय संरचनाअनुसार तथ्यांक संकलन गर्न आधार वर्ष परिमार्जन भएकाले नयाँ आधार वर्षमा उपभोक्ता मूल्य सूचकांक गणनामा परिमार्जन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालय तथ्यांक विभाग, केन्द्रिय तथ्यांक कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकांक तयार गरेको हो । राष्ट्र बैंकका अनुसार १ लाख २ हजार भन्दा बढी मूल्यका भार अंकसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकांक निकालिन्छ । ५ सय २५ वस्तु तथा सेवाको मूल्यका आधारमा नयाँ मूल्य सूचकांक निकालिने गरेको जनाएको छ ।