१२ भाद्र २०८३, शुक्रबार
,
Latest
एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभिन्न तिथिहरुमा गरिने पूजापाठ र अनुष्ठानले नागरिकबीच सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वाणी र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले अभिप्रेरित गर्ने बताउनुभएको छ ।

जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले व्यक्तिमा असल संस्कार, व्यवहार र सामाजिकताको पृष्ठपोषण गर्न यस पर्वले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । जितिया पर्व तराई–मधेसका आमाहरुले निर्जल/निराहार २४ घण्टासम्म उपवास बसी सन्तानको सुख, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि परापूर्वकालदेखि मनाउँदै आएका छन् ।

“हामीले मनाउने पर्वहरु यस्तो उत्सव हुन्, जसले वर्षौंदेखि प्रचलनमा रहेका हाम्रा मूल्यमान्यतालाई वर्तमानसम्म दृढताका साथ एउटा कडीका रुपमा जोडेर राख्न सहयोग गरेको छ । पर्व–त्योहारहरुले हाम्रो अन्त:चेतनालाई जगाउँदै हाम्रो आत्मविश्वास पनि बढाउँदछ । यसले हाम्रो आध्यात्मिक मूल्यलाई बल प्रदान गर्दै हाम्रा पारिवारिक सम्बन्धको रागात्मकतालाई थप सुदृद्ध र बलियो बनाउनुका साथै सामाजिक संरचनालाई थप प्रगाढ बनाउनमा सघाउँदछ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

जितिया कठिन व्रतको संयम त हुँदै हो, यो केही प्रचलित र लोकमान्यताहरुलाई जीवन्त बनाउने माध्यम पनि हो । यसो त जितिया पर्वलाई सन्तानको दीर्घायु र सुस्वास्थ्यका लागि गरिने पर्व भनिए पनि यो तीन दिनसम्म गरिने फरकफरक लोक–अनुष्ठान र लोकमान्यताको मौलिक परम्परा र प्रथा हो । यसमा प्रकृति, धर्म र संस्कृतिको अनौठो समायोजन भएको पाइन्छ ।

उपराष्ट्रपति यादवले सांस्कृतिक र धार्मिक महत्व बोकेको जितिया पर्व तराई–मधेसका भूइँमान्छे, मूल आदिवासी, रैथाने जातजातिकाहरुले आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा रहेको उल्लेख गर्नुभएको छ ।

यो पर्वलाई जिवित्पुत्रिका व्रतको नामले पनि चिनिन्छ । वनस्पतिबाट प्राप्त हुने केराको पात, घिराैंलाको पात, तोरीको पिना, चिनी/सखर, भिजाएको केराउ, दही–च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजाआजामा प्रयोग गरिन्छ ।