४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

गोलभेँडाले दोब्बर भाउ पाउँदा किसान खुशी

गोलभेँडाले दोब्बर भाउ पाउँदा किसान खुशी
अ+ अ-

धादिङ । गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका–४ गौँथलेका किसान निरास थिए । लगानीसमेत उठाउन धौ धौ हुँदा डराइडराइ तरकारी खेती गरेका उनीहरु यसपालि गोलभेँडाको दोब्बर मूल्य पाउँदा दङ्ग छन् । वातावरण अनुकूल हुँदा उत्पादन पनि झण्डै दोब्बर नै भएको किसान सुनाउँछन् । गोलभेँडाले नसोचेको भाउ पाउँदा माथिल्लो गौथलेका ४७ वर्षीय कुलबहादुर थापामगरलाई खुशीको सीमा छैन । झण्डै दुई रोपनीमा खेती गर्नुभएका उहाँ थली बारीमा वृद्ध आमा र बालबालिकाको साथमा गोलभेँडा टिप्दै हुनुहुन्थ्यो । “यसपालि राम्रो भाउ पायो, प्रति किलो पचासबाट उँधो झरेकै छैन, किलोको सत्तरी÷असीसम्म आएको छ, धेरै खुशी छौँ ”, गोलभेँडा टिपेर डालोमा राख्दै उहाँले थप्नुभयो, “पोहरको तुलनामा दोब्बर फलेको छ, भाउ पनि राम्रो छ ।” 
 
गौँथले गाउँका रातमाटे पाटा अहिले लटरम्म गोलभेँडाले भरिएको छ । उहाँको बारीमा एक खेपमा २० क्रेट गोलभेँडा उत्पादन हुन्छ । त्यसैले गत वर्ष भाउ नपाएर निरास किसानको मुहार उज्यालिएको प्रष्ट झल्किन्छ । कुलबहादुरले पोहोर झण्डै रु एक लाख बुझुन्भएको थियो । त्यही जमिनमा यसपालि तीन छिमल टिप्दैमा रु एक लाख ५० हजार कमाइ भइसक्यो । अझै राम्रो फलेकाले दुई लाख आउँछ भन्नेमा उहाँ ढुक्क हुनुहुन्छ । कोभिड–१९ ले बाहिरबाट आयात नहुँदा भाउ आएको किसानको अनुमान छ । गोलभेँडामात्रै होइन गाउँमा काउली, बन्दा, बोडी, मास, भटमास, कोदो पनि फल्छ । बस्तुभाउ बाख्रा पालनसमेत  छ । उहाँको मास झण्डै दुई मुरी र धटमास एक मुरी उत्पादन हुन्छ । बीस वर्षदेखि तरकारी खेतीमा आबद्ध कुलबहादुर पहिलेको जस्तो दुःख नहुने सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “शुरुमा डोकोमा बोकेर मलेखु-सलाङ्घाट झारेर काठमाडौँ पठाउने गरिन्थ्यो, अहिले घरमै गाडी आउँछ ।” 

मलेखुबाट त्रिशूली तरेपछि गाडीमा झण्डै एक घण्टाको कच्ची सडकको उकालो लागेपछि माथिल्लो गौथले आइपुग्छ । तल्लो र माथिल्लो गौथलेमा राम्रो तरकारी खेती हुन्छ । यहाँको मौसम चिसो हुँदा उत्पादित तरकारीको स्वाद बेग्लै हुन्छ । किसान एउटै समस्या सिँचाइको अभाव रहेको बताउँछन् । कुलबहादुरले मात्रै तरबारी र पशुपालनबाट वार्षिक रु आठ-दश लाख कमाइ गर्ने गरेको सुनाउनुभयो । विदेश जाने युवालाई नजान अनुरोध गर्ने उहाँ भन्नुहुन्छ, “गरेदेखि यहीँ छ, अल्छी मान्नुभएन पसिना विदेश गए पनि चुहाउनै पर्छ, आफ्नै भूमिका त्यही पसिना चुहायो भने सुन फल्छ ।” यस गाउँमा मगर जातीको मात्रै ३२ घर छ । सबै तरकारी खेतीमा मग्न छन् । अन्य समुदायको पनि पेशा खेती किसानी नै हो । छिमेकी लोकीमाया मगर पनि गोलभेँडा टिपेर बेच्न मै व्यस्त हुनुहुन्छ । कति रोपनीमा गोलभेँडा रोपेको यकिन गर्न नसक्ने उहाँ दुई हलको मेलोमा छ भन्नुहुन्छ । दुई क्विन्टलभन्दा बढी गोलभेँडा फलाउनुहुन्छ । यसपालि राम्रो भाउ पाएकोमा उहाँ पनि फुरुङ्ग हुनुहुन्छ । गोलभेँडा बेच्ने तर्खर गर्दै गर्नुभएका अर्का किसान गुञ्जबहादुर मगर विगतको भन्दा भाउ राम्रो आएकोमा खुशी हुनुहुन्छ । 

सिद्धलेख–४ का वडाध्यक्ष रामहरि बराकोटी पैसा कुलिचिएर बसेको छ, टिप्न खोज्दैनन्, पैसा फल्छ झैँ गरेर विदेश जान्छन्, गरे यहीँ छ भन्नुहुन्छ । गाउँका किसानले गरेको कमाइले पनि यो कुरा प्रष्ट पार्छ । उहाँका अनुसार वडामा ७७५ घरधुरी रहेको छ । त्यसमा ९० प्रतिशत कृषि, १० प्रतिशत वाह्य रोजगारी र केही अन्य व्यवसायमा आबद्ध छन् । गोलभेँडा, काउली, बन्दा, घिउसिमी, बोडी, पशुपालन रहेको मुख्य पेशा हो । माथिल्लो भागमा बाख्रापालन राम्रो रहेको र तल्लो भागमा गाई-भैँसी पालेर दूध बिक्री हुन्छ । मौसमअनुसार सबै क्षेत्रमा तरकारी खेती हुन्छ । गाउँमा रहेको साना किसान कृषि सहकारी संस्थाले किसानलाई ठूलो सहयोग गरेको उहाँ बताउनुहुन्छ । सहकारीसँग स्थानीय तहको समेत राम्रो समन्वय रहेकाले किसानलाई राहत दिने गरेको छ । साना किसानले मात्रै वार्षिक रु २२ करोड बढी मुल्यको तरकारी सङ्कलन गर्ने गरेको छ । आफ्नो वडामा मात्रै ३०० परिवारलाई कुनै न कुनैरुपमा कृषि अनुदान दिएको र सडक सञ्लाल, विद्यालय, खानेपानीमा सहयोग गरिरहेको वडाध्यक्ष बराकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा ८० प्रतिशत घरधुरीमा एक घर एक धारा बनिसकेको र बाँकी २० प्रतिशतलाई पनि यही वर्ष पानी पुर्‍याउने लक्ष्य रहेको छ । उहाँले भन्नुभयो, “गाउँवासी कृषिमा आबद्ध भएकाले कसरी अनुदानका कार्यक्रम ल्याएर प्रोत्साहन गर्न सकिन्छ र बजारीकरणमा सहयोग गर्न सकिन्छ भन्नेमा वडाको ध्यान छ ।” 

यस गाउँपालिकामा चैत-वैशाखको समयमा बेँसीभेग अरुवासटार, दारिमटार, निबुवाटार, मझुवाटार र बुङचुङ क्षेत्रमा पकेटकै रुपमा तरकारी उत्पादन हुन्छ । हिउँदे मौसममा माथिल्लो आरुवास, भेँडाबारी, गौथले, सलाङ मैदान, खोगफोक, द्वारथोक, चालिसे, बसन्त, इटपानी, झारलाङ्दीलगायतमा राम्रो हुने गरेको छ । किसानले उत्पादित तरकारी सलाङ्घाट बजारमा किसानले ल्याउँछन् । यसपछि सहकारीले काठमाडौँ, पोखरा, चितवनमा पुर्‍याउने गरेको छ । यो क्षेत्रमा गोलभेँडा अत्यन्तै धेरै उत्पादन हुने गरेको छ । यहाँको गोलभेँडा अन्य क्षेत्रको तुलनामा चमकदार देखिने हुँदा भाउ राम्रो आउने गरेको छ । 
­­­