२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी

मुगुको मुहार काठमाडौंमा -फोटो फिचर

मुगुको मुहार काठमाडौंमा -फोटो फिचर
परपरागत भेषभूषामा सजिएका माथिल्लो भेगका मुगाली युवती ।
अ अ+ अ-

काठमाडौं । आन्तरीक तथा बाह्य पर्यटकको प्रमुख रोजाईमा रहेको मुगु जिल्ला झल्कने गरी काठमाण्डौमा तस्बिर,भिडियो, कर्णालीमा उत्पादीत सामाग्रीहरु शनिबार देखि प्रर्दशनी सुरु गरीएको छ ।

आईतबार मध्यान्न प्रर्दशनी अबलोकन गर्न पुग्नु भएका वन तथा बाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जिल्ला नै पुगेको अनूभुत गर्नुभयो । कार्यक्रम आयोजक मध्येका एक फोटो पत्रकार भरतबन्धु थापाले मन्त्री शााहीले फोटो बारे बुझाउन खोज्दा उहाँले भन्नुभयो ‘यो त सबै मेरो पेरीफेरीको ठाउ हो । निकै सुन्दर फोटो खिच्नु भएछ । मुगुको मुहार काठमाडौ ल्याईदिनुभएकोमा धन्यबाद ।’

फोटो हेरेपछि मन्त्री शाहीले न्यूजपोलारसंग भन्नुभयो ‘पर्यटनका हिसाबले कर्णालीमा अपार सम्भाबना छ तर त्यसको प्रचुर प्रसार प्रसार हुन सकेन , पूर्वाधारको कमिले पर्यटक पनि कम पुगे पुगेकाहरु पुन जान कठिन मान्छन् । उहाँले भन्नुभयो त्यहा पुग्नको दु ख त छदैछ पुगेपछिको गाँस बाँसको दु खले गर्दा पनि कर्णाली ओझेलमा पर्‍यो । पूर्वाधारमा राज्य र नीजि क्षेत्रबाट लगानी हुने हो भने कर्णालीले मुहार फेर्छ ।’

कार्यक्रममा रहनु भएका पर्यटक व्यवसायी तथा रारा होल्डिङस् प्रालिका अभिषेक विक्रम शाहले भन्नुभयो ‘स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा पर्यटक आकर्षित गर्न सकिएको छैन । यदि रारामा मात्र पर्याप्त पूर्वाधार बनाउने हो भने यस क्षेत्र कै कायापलट हुन सक्छ ।’

अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र रारा होल्डिङस् प्रालिको सयुक्त लगानीमा मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा लक्जरी रिसोर्ट बनाउने संम्झौता भएको छ ।

मुगुको मुगुमकार्मारोङ्ग गाउँपालिकाको ठूलो कोइकी पाटन क्षेत्रमा चरिरहेका चौँरीगाईहरु ।

शब्द दृश्य ,चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली “कनेक्टिङ कर्णाली” अभियान अन्तगर्त मुगु जिल्लाको प्रर्दशनी सुरु गरीएको हो । मनघरी फाउण्डेशनको आयोजनामा शनिबार देखि सुरु भएको प्रर्दशनी सोमबार सम्म जारी रहने छ ।

     ताल्चा विमानस्थल । यो रारा तालको प्रवेशद्वारका रुपले पनि प्रख्यात छ । यो विमानस्थल २ हजार ७ सय ३५ मिटर उचाइमा छ ।

संघिय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरुलाई शब्द,चित्र र भिडियोका साथै कर्णालीमा उत्पादीत सामाग्रीहरु मार्फत कर्णालीका संम्भावना र सुन्दरतालाई पस्कने क्रममा असार महिनामा दैलेखको प्रर्दशनी गरेका थियो भने साउन महिनामा मुगु जिल्ला प्रर्दशन गर्न लागिएको कनेक्टिङ कर्णालाका परिकल्पनाकार एव मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए ।

आन्तरीक पर्यटकको प्रमुख रोजाईमा रहेको रारा तालको सबै मौसमको तस्बिरहरु राखिएको छ । रारा ताललाई हिउले ढपक्क ढाक्दा र रगिविरगी फुलहरुले घेर्दा रारा तालको सुन्दरता मनोमोहक देखिएको छ ।

प्रर्दशनीमा मुगु जिल्लामा अवस्थित धार्मिक, पुरातात्वीक, प्राकृतीक सुन्दरता सहित मुगु जिल्ला झल्कने गरी २५ वटा तस्बिरका साथै मुगु जिल्लाई केन्द्रित गरी कर्णाली झल्कने भिडियो प्रर्दशनी र उत्पादीत सामाग्री प्रर्दशनीमा राखिएको आयोजकले जनाएको छ ।

मुगु जिल्ला सदरमुकाम गमगढीदेखि उत्तर पश्चिममा रहेको चंखेली हिमाल ।

अहिले देशको सबैभन्दा स्वच्छ उद्योगका रुपमा पर्यटन क्षेत्र नै छ । जुन क्षेत्रका लागि कर्णाली प्रदेश विल्कुल नयाँ गन्तव्य बन्न सक्ने अथाह सम्भावना छन् । तर तीनिहरुको उचित प्रचार प्रसार हुन सकेको छैन , यही कुरालाई मनन गर्दै कार्यक्रम गर्न लागेको अध्यक्ष भरतबन्धु थापाले बताए । प्रर्दशनीमा भरतबन्धु थापाका १४ वटा तस्बिर, कबिराज कार्कीका ९ वटा तस्बिर र कुबेर राज कार्कीका २ वटा तस्बिर तस्बिर रहेको छ । भिडियोहरु मनघरी फाउण्डेशनले तयार गरेको आयोजकले जनाएको छ ।

माघको महिना हिउँले ढपक्क ढाकेको बेला सूर्योदय हुँदा देखिएको रारा ताल ।

                                                                   साउने संक्रान्तिको साँझ दियालो बाल्दा झिलिमिली देखिएको मुगाली वस्ती ।

                                                     गान्टेमुला (स्थानीय भाषामा चोतो)बाट असुरो बनाउँदै स्थानीय महिला ।