२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी



अ+ अ-

काठमाडौं । सहकारी ठगीको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पनि प्रहरीको निगरानीमा छन् ।

प्रहरीले रविका साझेदार छविलाल जोशी पक्राउ परेपछि अब रविलाई पनि निगरानी बढाएको हो । प्रहरीले रविका सबै गतिविधिको सुक्ष्म ढंगले निगरानी गरिरहेको छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानले सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन् ।

हिजो राति पार्टीको केन्द्रीय कार्यलयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै रविले सरकारले जे पनि गर्न सक्ने भन्दै देशभरका कार्यकर्ता र समर्थकहरूलाई अलर्ट बस्न आह्वान गरेका हुन् । उनले भने, ‘ढुक्क भएर बस्ने अवस्था छैन । मलाई सरकारले जे पनि गर्छ मलाई यो सरकारको विश्वास छैन । साथीहरू तयार तयार भएर बस्नुहोला । यसलाई नजिकबाट हेर्नुहोला । म कुनै व्यक्तिगत लाभको पक्षमा छैन । मलाई भरोसा छैन सरकारले जे पनि गर्न सक्छ । यो सरकार विरोधीहरूलाई धरपोखर गर्न बनेको सरकार हो । नयाँ शक्ति एकैठाउँ आउनका लाउनका लागि कसैले त्याग गर्नुपर्छ भने सबैभन्दा ठूलो ठूलो त्याग म गर्न तयार छु । म रास्वपा शुभचिन्तक नेपाली दाजुभाईहरुलाई अलर्टमा रहनको लागि अनुरोध गर्दछु ।’

उनले सरकारको ध्यान सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्नेमा नभएर रवि लामिछानेलाई जेल हाल्ने मात्र रहेको बताए । उनले भने, ‘ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिँदैनौ ।’