२५ श्रावण २०८३, सोमबार
,
Latest
विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको योग्यता र दायरा फराकिलो बनाउन सांसद डा. कार्कीको प्रश्ताव काँग्रेस सांसद यादवले भने– ढल्केवरमा थप आन्दोलन नचर्कियोस् हरि ढकाललाई एमाले सांसद घतानीको प्रश्न– सिंहदरबार जलाएर पुगेन र ? प्रधानमन्त्रीको सम्बोधन फेसबुकको भ्युज र मनिटाइजेसनमा केन्द्रित भएको एमालेको आरोप विधि विज्ञान प्रयोगशाला विधेयकः कार्यकारी निर्देशकको उमेर हद हटाउन सांसद बरालको माग प्रधानमन्त्री साहलाई काँग्रेस सांसद काउचाले भनिन्– ‘कालो चश्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’ यी २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीसँग अर्थमन्त्री वाग्लेकाे छलफल सुरू निजी क्षेत्रको सफलता नै राष्ट्रको आर्थिक समृद्धिको आधारः अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री शाहलाई भारतीय राजदूत श्रीवास्तवमार्फत मोदीको शुभकामना कैलालीका शिवालयमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी



अ+ अ-

काठमाडौं । सहकारी ठगीको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पनि प्रहरीको निगरानीमा छन् ।

प्रहरीले रविका साझेदार छविलाल जोशी पक्राउ परेपछि अब रविलाई पनि निगरानी बढाएको हो । प्रहरीले रविका सबै गतिविधिको सुक्ष्म ढंगले निगरानी गरिरहेको छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानले सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन् ।

हिजो राति पार्टीको केन्द्रीय कार्यलयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै रविले सरकारले जे पनि गर्न सक्ने भन्दै देशभरका कार्यकर्ता र समर्थकहरूलाई अलर्ट बस्न आह्वान गरेका हुन् । उनले भने, ‘ढुक्क भएर बस्ने अवस्था छैन । मलाई सरकारले जे पनि गर्छ मलाई यो सरकारको विश्वास छैन । साथीहरू तयार तयार भएर बस्नुहोला । यसलाई नजिकबाट हेर्नुहोला । म कुनै व्यक्तिगत लाभको पक्षमा छैन । मलाई भरोसा छैन सरकारले जे पनि गर्न सक्छ । यो सरकार विरोधीहरूलाई धरपोखर गर्न बनेको सरकार हो । नयाँ शक्ति एकैठाउँ आउनका लाउनका लागि कसैले त्याग गर्नुपर्छ भने सबैभन्दा ठूलो ठूलो त्याग म गर्न तयार छु । म रास्वपा शुभचिन्तक नेपाली दाजुभाईहरुलाई अलर्टमा रहनको लागि अनुरोध गर्दछु ।’

उनले सरकारको ध्यान सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्नेमा नभएर रवि लामिछानेलाई जेल हाल्ने मात्र रहेको बताए । उनले भने, ‘ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिँदैनौ ।’




भर्खरै