२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । स्रोतका अनुसार उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।

रास्वपा कार्यालयमा भीड जम्मा भइरहेको अवस्थानमा १४ जना शीर्ष नेता भने चीन भ्रमणमा छन् ।

जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई जरुरी पक्राउ पुर्जी जारी भइसकेको छ । त्यसअघि नै रास्वपाका १४ जना नेताहरू चीन पुगिसकेका छन् ।

सभापतिको पक्राउबारे सूचना आइरहँदा उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपाका १४ जना शनिबार चीन पुगेका हुन् ।

वाग्लेको नेतृत्वमा रहेको १४ सदस्यीय टोली शनिबार मध्यराति पौने १२ बजे चाइना साउदर्न एयरलाइन्सको उडान नम्बर सीजेड ३०६८ मा ग्वाङ्चौ गएको हो ।

चीन जानेहरूमा पार्टी प्रवक्ता मनिष झा, पार्टीकी कोषाध्यक्ष लीमा अधिकारी, सांसद शिशिर, खनाल, गणेश पराजुली, अशीम शाह, शिव नेपाली, डा. तोसिमा कार्की छन् ।

त्यसैगरी केन्द्रीय सदस्यहरू बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु राजा श्रेष्ठ पनि चीन यात्रामा छन् ।

लामिछानेका भरोसाका रुपमा रहँदै आएका उपसभापति वाग्ले पनि चीनमा रहनु र सहकारी प्रकरणमा छानबिन समिति सदस्य शिशिर खनाल पनि चीन भएपछि रास्वपालाई अहिलेको अवस्थामा सकस परेको छ ।




भर्खरै