६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा लिगमा वागमतीको दोस्रो जित



अ+ अ-

काठमाडौँ । घानाकी स्ट्राइकर गिफ्टी एचेयमोङको गोल नै निर्णायक बनेपछि वागमती युवा क्लवले जारी एन्फा महिला लिगमा दोस्रो जित निकाल्दै शीर्ष पांचको सम्भावना जीवन्त राखेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतवार कर्णाली प्रदेशमाथि १–० को साँघुरो जित निकाल्दै वागमतीले लिगको शिर्ष पांच सम्भावना कायमै राखेको हो ।

बराबरीतर्फ उन्मुख खेलमा वागमतीले इन्जुरी समयमा गोल गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो । यो जितपछि सात खेलबाट वागमती सात अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ । वागमती पांचौं स्थानको कोशीभन्दा तीन अंकले मात्र पछि छ । कोशीको पनि सात खेलबाट सात अंक छ ।

यता कर्णाली प्रदेशको भने हारपछि शीर्ष पांचमा रहेर सुपर लिगमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । जारी एन्फा महिला लिगमा दोस्रो जित निकाल्ने लक्ष्यसहित वागमती र कर्णाली मैदान उत्रिएका थिए । खेल बराबरीको नतिजा उन्मुख पनि थियो ।

लिगमा सुखद् शुरुवात गरेको बागमतीले त्यसपछिका खेलमा भने राम्रो प्रदर्शन गर्न सकेको थिएन । तर, आईतवार अन्तिम समयमा गोल गर्दै दोस्रो जित निकाल्न सफल भयो । यता लगातार चार हारको श्रृंखला अन्त्य गर्दै पछिल्लो खेलमा जित निकालेको कर्णाली वागमतीविरुद्ध पनि त्यसलाई निरन्तरता दिने लक्ष्यमा थियो । तर अन्तिम समयमा समालिन सकेन ।

यो हारपछि कर्णाली ७ खेलबाट चार अंकका साथ नवौं स्थानमा यथावत छ । पहिलो हाफमा दुवै तर्फबाट प्रयास भएपनि गोल हुन सकेन ।

दोस्रो हाफमा पनि वागमति र कर्णालीले अवसर बुने । तर वागमतीले मात्र अन्तिम समयमा सदुपयोग गर्नसक्यो । त्यसअघि कर्णालीले गोल ७३ औं मिनेटमा अग्रता लिने अवसर गुमायो । वर्षा ओलीले वागमतिकी गोलकिपर सुजता तामाङसककंग वान भर्सेस वानमा गोल गर्ने अवसर गुमाएकी हुन् ।

८३ औं मिनेटमा पनि बागमतिले गोल गर्ने अवसर खेर फाल्यो । इन्जुरी समयमा अस्मिता खवास गोल किपरसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न चुकेपछि फेरि वागमती असफल भयो । तर थप समयको पांचौ मिनेटमा गिफ्टीले गोल गर्दै बागमतिलाई जित दिलाइन् । सुनिता भुलानको उत्कृष्ट पासमा गिफ्टीले कर्णालीकी गोलकिपर लिला जोशीसककंग वान भर्सेस वानमा गोल गरेकी हुन् ।