६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा संविधान संशोधनको बुँदा समावेश गरेकै कारण संविधान संशोधनको औचित्य रहेको भन्ने बुझाइ गलत भएको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रिय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले दुई पार्टीमा समझदारी भएकै आधारमा संविधान संशोधन गर्नुपर्छ भन्ने कुरा गलत भएको बताउनु भयो । संविधानकै धारामा पुनरावलोकन र संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै दुई पार्टीमा लिखित बुँदा सहमति नभइदिएको भएपनि अहिलेको संविधानमा संविधान संशोधनको जरुरत रहेको बताउनु भयो । उहाँले । समय समयमा सहमति भएअनुसार संविधान संशोधन हुने जिकिर गर्नुभयो । उहाँले संघीय प्रणाली बनाएपनि संघीयताअनुसार अधिकार प्रदान गर्न नसकेको बताउनु भयो । उहाँले प्रत्येक प्रदेशसँग आफ्नो प्रहरी संगठन, कर्मचारी हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा मात्रै संविधान संशोधनको बुँदा समावेश भएको कारणले संविधान संशोधन हुनुपर्छ वा संविधान संशोधनको औचित्य छ भन्नेकुरा होइन । दुई पार्टीमा समझदारी भयो, संविधान संशोधन गर्ने समझदारी भयो, त्यसकारले संविधान संशोधन गर्नुपर्छ भन्नेकुरा होइन । संविधानकै धारामा पुनरावलोकन र संशोधन गर्नुपर्छ भनेर लेखिएको छ । दुई पार्टीमा लिखित बुँदा सहमति नभइदिएको भएपनि अहिलेको संविधानमा संविधान संशोधनको जरुरत थियो, छ र रहीरहन्छ । समय समयमा सहमति भएअनुसार संविधान संशोधन हुन्छ । हामीले त्यसरुपमा यसलाई छलफल गरी निस्कर्षमा पुर्‍याउनुपर्छ । हामीले संघीय प्रणाली ल्यायौँ, सात प्रदेश बनायौँ तर त्यो प्रदेशसँग दुई वटा कुरा छँदै छैन । जुन सरकारसँग, निकायसँग ल इन्फोर्समेण्ट एप्रेटर्स हुँदैन, त्यसलाई सरकार भनिँदैन । जुन निकायसँग उसको आफ्नो सिभिल सर्भिस हुँदैन त्यसलाई सरकार भन्न मिल्दैन, यसमा हाम्रो कमजोरी छ, संविधानमा यसको उल्लेख गरिएको छ । प्रत्येक प्रदेशसँग आफ्नो प्रहरी संगठन हुनुपर्छ भनेर लेखेको छ, तर दिएका छैनौँ ।’

सांसद निधीले सात प्रदेशसँगै १० वर्षसम्म पनि आफ्नो कर्मचारी नरहेको बताउनु भयो । आत्मालोचनाको बानी काँग्रेसमा नरहेको तर कम्युनिष्टहरुमा धेरै हुने गरेको सुनेको भन्दै सबै राजनीतिक दलहरुले आत्मालोचना गर्न जरुरी रहेको बताउनु भयो ।