२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरुलाई कुनैपनि कोणबाट कुठाराघात नगर्नेगरी संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रिय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले उपलब्धिको रक्षा हुनेगरी संविधान संशोधन भए आफूहरुको पूरा सहयोग रहने बताउनु भयो । उहाँले संविधान संशोधन गर्दा संविधान जारी गर्दाखेरी र अहिलेका अनुभवका आधारमा हुनुपर्ने बताउनु भयो । उहाँले सबै सहमत भएको अन्तरवस्तु तर बुँदाहरु, धाराहरु मिलाउँदा नमिलेको कुराहरुमा अहिले सहमति जुटाउन सकिने बताउनु भयो । उहाँले संविधानलाई राम्रो र परिष्कृत बनाउन नयाँ अध्यानय थप्नेगरी अघि बढ्नुपर्ने बताउनु भयो । वर्तमान सरकार बन्ने प्रसंगसँग संविधान संशोधनको विषय आएकाले केही विवाद आएको बताउनु भयो । उहाँले समावेशी, समानुपातिक पक्षहरुमा पछि नहट्ने विषयमा सरकार सरकारमा सहभागी राजनीतिक दलहरुले स्पष्ट पारिसकेको भन्दै अब सोहीअनुसार अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान संशोधनको जहाँसम्म कुरा छ, तीन वटै कोणबाट यसलाई हामीले विचार गरौँ । एउटा संविधान जारी गर्दाखेरी नै अहिलेसम्मको अनुभवको आधारमा हामी सबैले करिव करिव स्वीकार गरेको त्यही तार्किक संगति पनि नमिलेको केही पक्षहरु छन् । हामी सबै सहमत भएको अन्तरवस्तु तर बुँदाहरु, धाराहरु मिलाउँदा एक अर्कासँग मिल्नेगरी, सरल ढंगले सबैले स्पष्ट हुनेगरी केही समस्याहरु छन् । त्यसलाई मिलाउँ । जहाँ हामी विभिन्न पार्टीहरुले विभिन्न दृष्टिकोण राखेका छौँ, त्यो बारेमा फेरि छलफल गरौँ । हामी कहाँसम्म जानसक्छौँ । तेस्रो अहिलेको परिस्थिति, हाम्रो अनुभवले, हाम्रो ज्ञानले के भन्छ, हाम्रो संविधानलाई राम्रो संविधान बनाउन परिष्कृति र परिमार्जन गरेर नयाँ अध्यायहरु के बनाउनसक्छौँ, त्यसबारेमा छलफल गरौँ र सकारात्मक दिशातिर लैजाऔँ ।

संविधान संशोधनको बारेमा दुई वटा कोणबाट किन मात्रै चर्चा भएको हो भने अहिलेको सरकारले बन्ने प्रसंगमा संविधान संशोधन गर्नेकुरा गर्दा कसले ल्याएको हो थाहा छैन, यो सरकार निर्माण गर्ने हस्ताक्षरको पत्रसँगै संविधान संशोधनको एजेण्डा भनेर जो बाहिर ल्याइयो नि त्यसले विवाद उत्पन्न गरेकै हो । अहिले सरकारमा रहेको पार्टीले र सरकारले स्पष्ट गरिसकेको छ । हामी समावेशी, समानुपातिक यो पक्षहरुमा हामी पछि हट्दैनौँ भनेर । परिमार्जन र विकास कसरी गर्ने रु अहिलेको उपलब्धिहरुलाई कुनैपनि कोणबाट कुठाराघात नगर्नेगरी परिमार्जन र विकास गर्नेगरी साझा सहमतिका आधारमा संविधान संशोधन गरौँ । त्यसमा हाम्रो सबै सहयोग रहन्छ ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले उपलब्धिको रक्षा गर्न नेपाली समाज र जनताको आवश्यकता र अपेक्षाअनुसार संविधान परिमार्जन गर्नुपर्ने बताउनु भयो । उहाँले प्रतगिमन मुर्दावाद भनेर मात्रै संविधानको रक्षा नहुने बताउनु भयो । लोकतन्त्र र संविधानको रक्षा गर्न नेपाली जनताले सामाजिक र आर्थिक क्षेत्रको रुपान्तरण गर्नसक्नुपर्ने बताउनु भयो ।




भर्खरै