२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्ति र भूमि सुधार आवश्यकः पूर्वप्रधानमन्त्री खनाल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्तिका कार्यक्रमसहित भूमि सुधार गर्नुपर्ने बताउनुभएको छ ।

काँडाघरीस्थित किन्डल किड्स एकेडेमीको अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकलाई आत्मनिर्भर बनाउने गरी भूमि सुधार गर्न कृषि क्षेत्रमा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री खनालले स्थानीयदेखि अन्तरराष्ट्रिय बजारबीच समन्वय गर्ने काम पनि राज्यले नै गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा संविधान जारी भएपछि वामपन्थी शक्तिलाई सामाजिक तथा आर्थिक विकासको जनआकांक्षालाई पूरा गर्ने जिम्मेवारी र अवसर प्राप्त भए पनि त्यो पूरा गर्न नसकिएको धारणा राख्नुभयो ।

विगतदेखि नै सरकार यथास्थितिवादको बाटोमा हिडिरहेकाले पुनरुत्थानवादी जुर्मुराएको जिकिर गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टीले मुलुकमा राष्ट्रिय औद्योगिकरणका लागि आवाज उठाए पनि सरकारले त्यसतर्फ केही नगरेको आरोप लगाउनुभयो । रासस