२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई

भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई
अ अ+ अ-

धनकुटा। धनकुटामा भएको १७औँ सहिद भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध युथ क्लवले जितेको छ । सदरमुकामस्थित तल्लो टुँडिखेलमा आज सम्पन्न खेलमा उदयपुरको गाईघाट फुटबल क्लवलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित गर्दै नमोबुद्धले उपाधि जितेको हो ।

निर्धारित समयमा २÷२ गोलको बराबरीमा खेल सकिएपछि भएको पेनाल्टी सुटआउटमा गाईघाटका धिरेन क्षेत्रीको प्रहार नमोबुद्धका गोलकिपर रविन बस्नेतले रोकेपछि सप्तरी विजयी भएको हो । पेनाल्टी सुटआउटमा नमोबुद्धको तर्फबाट विवेक राई, हेमन्त भूजेल, प्रवेश दनुवार, सनम धिमाल र आयुष मगरले गोल गरे । यस्तै, गाईघाटको तर्फबाट निश्चल मोक्तान, आकाश राई, प्रविन राईले गोल गरेका थिए ।

खेलको पहिलो हाफको ४०औँ मिनेटमा राज भुषालले गोल गर्दै नमोबुद्धलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसलगत्तै ४१औँ मिनेटमा गाईघाटका आकाश राईले गोल गरेर खेललाई बराबरी बनाए । नमोबुद्धका क्षितिज भण्डारीले ४४औँ मिनेटमा एक गोल गरेपछि २–१ को अन्तर भएको खेल, दोस्रो हाफको ८३ औँ मिनेटमा उदयपुरका अशिम राईले गोल गरेपछि बरावरीमा टुङ्गिएको थियो ।

फाईनल खेलको म्यान अफ दी म्याच नमोबुद्धका गोल रक्षक रविन बस्नेत, सर्वोत्कृष्ट खेलाडी राज भुषाल, उत्कृष्ट डिफेन्डर आयुष मगर, उकृष्ट मिडफिल्डर विवेक राई, उत्कृष्ट प्रशिक्षक सुरेश लामा घोषित भए । यस्तै, उत्कृष्ट स्टाईकर गाईघाटबाट खेल्ने विदेशी खेलाडी फोफाना घोषित भए ।

उपाधि बिजेता नमोबुद्धले नगद रु चार लाख ९९ हजार नौ सय ९९ सहित ट्रफी र उपविजेता गाईघाटले नगद रु दुई लाख ५० हजारसहित ट्रफी प्राप्त गरेको छ । विजेता तथा उपविजेता दुवै टोलीलाई कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ तथा आयोजक सहिद भिमनारायण स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

विसं २०५५ देखि हुँदै आएको खेलको यस संस्करणमा आठवटा टोलीको सहभागिता रहेको थियो । तत्कालीन राजा बिरेन्द्रलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा हरेक प्रतिष्ठानले प्रतियोगिता आयोजना गर्दै आएको छ ।रासस