२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बेसहारालाई प्रदेश सरकारले उपचार गर्छ’



अ+ अ-

भक्तपुर। बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले आफ्ना कोही नभएर विभिन्न आश्रममा पुगेका अनाथ, असहाय नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी प्रदेश सरकारले लिने बताउनुभएको छ ।

सडकमा अलपत्र परेका, अनाथ, असहाय तथा बेवारिसे सडक मानवका लागि भवन निर्माणको सहयोगार्थ मानव कल्याण समाज भक्तपुरले मध्यपुरथिमिको राधेराधेमा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान, विज्ञान महायज्ञमा आज उहाँले बेसहाराका लागि आश्रम बनाउने जग्गा खोज्न आग्रह गर्दै भवन प्रदेश सरकारले बनाउने उल्लेख गर्नुभयो ।

बागमती प्रदेशभित्रका विभिन्न आश्रममा रहेका अनाथ, असहाय नागरकलाई प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमासँग जोडेर उपचारको व्यवस्था गर्ने मन्त्री थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न आश्रममा रहेका अनाथ, असहाय नागरिकले समयमा उचित उपचार नपाएर अब ज्यान गुमाउनुपर्ने अवस्थाको हामी अन्त्य गर्दैछौँ । आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य बिमासँग जोडेर यस्ता नागरिकको परीक्षण र उपचार निःशुल्क गर्ने व्यवस्था गर्नेछौँ ।”

मानव कल्याण समाजले विसं २०७४ मा भक्तपुरमा सडकमा रहेका विभिन्न किसिमका रोगी तथा मनोरोगी, अनाथ, असहाय नागरिकको उद्धार गरी लालनपालन गर्दै आएको स्मरण गर्दै उहाँले जग्गाको व्यवस्थापन भएमा भवन प्रदेश सरकारले बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री थापाले भन्नुभयो, “जसका कोही छैनन्, जो सडकमा बसेर कष्टकर जीवन बिताइरहेका छन्, उहाँहरूलाई समाजले सहयोग गर्दै आएको छ । सडक मानवमुक्त गर्ने परिकल्पना लिएर अघि बढेको यो संस्थाका लागि भवन निर्माणको जिम्मा हामी लिन्छौँ, जग्गाको व्यवस्थापन तपाईंहरूले गर्नुस् ।” महायज्ञमा उहाँले रु एक लाख ११ हजार १११ दान गर्नुभयो ।

समाजका अध्यक्ष सुमी मानवको नेतृत्वमा २०७४ सालदेखि भक्तपरमा सडक मानव, मनोरोगी, बलात्कारमा परेकी बालिका, जन्मने वित्तिकै सडकमा फ्यालिएकी शिशु, घरबाट निकालिएर सडकमा आएका अनाथ बालबालिकको उद्धार, उपचार, आश्रय, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्दै आएको छ ।

महायज्ञको आज तेस्रो दिनसम्म रु २० लाखभन्दा बढी रकम सङ्कलन भएको छभने महायज्ञमा संस्थाकी संस्थापक अध्यक्षसमेत रहनुभएकी सुमी मानवले कथा वाचन गर्नुभएको छ । महायज्ञमा दुई करोड सङ्कलन गर्ने लक्ष्य रहेको महायज्ञ आयोजना समितिका संयोजक गोपी न्यौपानेले जानकारी दिनुभयो ।रासस




भर्खरै