२० मंसिर २०८२, शनिबार
,
Latest
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिबन्धित ट्रामाडोल क्याप्सुलसहित ४ भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ। ललितपुरको भट्टेडाँडाबाट ठूलो परिमाणमा लागुऔषधसहित ४ जना भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीले शनिबार मकवानपुरबाट काठमाडौं उपत्यका ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई एम्बुलेन्समा लुकाएर राखिएको ९४ हजार थान ट्रामाडोल ट्याब्लेटसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारतका २० वर्षीय समीर आलम, ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी, ४५ वर्षीय नोर्जान खातुन र २२ वर्षीय एम्बुलेन्स चालक मोहम्मद उमर सिद्धिकी छन्।

जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै एम्बुलेन्स भित्र लुकाएर राखिएको अवस्थामा लागुऔषध बरामद गरिएको जनाएको छ। प्रहरीले ३ थान मोबाइल र एक थान भारतीय नम्बर प्लेट भएको एम्बुलेन्ससमेत बरामद गरेको छ। प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ भने पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध सम्बन्धी कसूरमा मुद्दा चलाइनेछ।