२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

प्रतिबन्धित ट्रामाडोल क्याप्सुलसहित ४ भारतीय नागरिक पक्राउ

प्रतिबन्धित ट्रामाडोल क्याप्सुलसहित ४ भारतीय नागरिक पक्राउ
अ अ+ अ-

काठमाडौँ। ललितपुरको भट्टेडाँडाबाट ठूलो परिमाणमा लागुऔषधसहित ४ जना भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीले शनिबार मकवानपुरबाट काठमाडौं उपत्यका ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई एम्बुलेन्समा लुकाएर राखिएको ९४ हजार थान ट्रामाडोल ट्याब्लेटसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारतका २० वर्षीय समीर आलम, ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी, ४५ वर्षीय नोर्जान खातुन र २२ वर्षीय एम्बुलेन्स चालक मोहम्मद उमर सिद्धिकी छन्।

जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै एम्बुलेन्स भित्र लुकाएर राखिएको अवस्थामा लागुऔषध बरामद गरिएको जनाएको छ। प्रहरीले ३ थान मोबाइल र एक थान भारतीय नम्बर प्लेट भएको एम्बुलेन्ससमेत बरामद गरेको छ। प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ भने पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध सम्बन्धी कसूरमा मुद्दा चलाइनेछ।