२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र निजी क्षेत्रले सहकार्य गरी अर्थतन्त्र विस्तार गर्नुपर्नेमा जोड



अ+ अ-

काठमाडौँ। मुलुकको अर्थतन्त्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रले सहकार्य र समन्वय गर्दै अर्थतन्त्र विस्तार गर्नुपर्नेमा सरोकार भएका व्यक्ति, संस्थाका प्रतिनिधिले जोड दिनुभएको छ ।

आज यहाँ आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमका सहभागीले नीतिगत स्थिरता, दक्ष जनशक्तिको विकास, लगानीमैत्री वातावरण, सूचना प्रवधिको प्रयोग गरेर मात्रै आर्थिक विकासको मार्ग प्रशस्त गर्न सकिने धारणा राख्नुभएको हो ।

सहभागीहरूले सरकार र निजी क्षेत्रले समान दृष्टिकोण बनाएर कार्यान्वयन गर्दै नीतिगत सुधार गर्न सकेमा मुलुकमा उल्लेख्य मात्रामा आर्थिक वृद्धि हुने धारणा राख्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र दक्ष जनशक्ति उत्पादनमा सरकार र निजी क्षेत्रले सहकार्य गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

आर्थिक विकास र समृद्धिका लागि नीतिगत स्थिरता जरुरी रहेको आवश्यकता औँल्याउँदै उहाँले युवा पलायन रोक्दै मुलुकभित्रै दक्ष श्रमशक्तिको विकासमा विशेष चासो देखाउनुपर्ने समय आएको उल्लेख गर्नुभयो ।

नीतिगत रूपमा स्थायीत्व भए निजी क्षेत्रले लगानी विस्तार गर्ने वातावरण बन्दै जाने अध्यक्ष ढकालको भनाइ छ । पूर्वाधार क्षेत्र, कृषि, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरेर आर्थिक समृद्धिको मार्ग पहिचानमा ढिलाइ गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको भएपनि लगानी विस्तार हुन नसकेको बताउनुभयो । सरकारले केही सकारात्मक पहल गरिरहेको भन्दै लगानीको उचित वातावरण बन्न नसक्नुका कारण खोजी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सरकारको सकारात्मक पहलका कारण अर्थतन्त्रमा केही सुधार आएपनि थप सुधार र विस्तारका लागि परिसङ्घले यसअघि दिएका सुझावको अक्षरशःकार्यान्वयन गर्न अध्यक्ष अग्रवालले माग गर्नुभयो ।

कार्यक्रममा लक्ष्मी हुन्डाई ग्रुपका प्रबन्ध निर्देशक निरञ्जन श्रेष्ठले अर्थतन्त्रको विकास र विस्तारका लागि ‘स्टार्टअप’लाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताउनुभयो ।

प्राध्यापक सुरेश मानन्धरले सूचना प्रविधिसम्बन्धी नीतिलाई सहज र सरल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले यस क्षेत्रको समयसापेक्ष विकासका लागि जनशक्ति तथा प्रविधिको क्षमतामा विकास र लगानी आवश्यक रहेकामा जोड दिनुभयो । रासस




भर्खरै