२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.96

Wind: 1.03

Humidity: 77

Latest
राजसंस्थाको पक्षमा प्रदर्शन गर्ने अमेरिकी नागरिक जुलियनलाई आज देश निकाला गरिँदै आकृतिको अध्यक्षतामा अमेरिकाको रकी माउन्टेन संस्थाको नयाँ कार्यसमिति चयन गायक प्रकाश सपुतको अनुभव : ‘२०८१ सालमा जहाँबाट उठेको थिएँ, त्यहिँ पछारिएँ’ उद्घाटन खेलमा छिन्नमस्ता रुपनी र कोसी दुहबीले प्रतिस्पर्धा गर्ने अस्थायी र करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल सुनसरीमा गोली प्रहार, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजतन्त्र फर्किन सम्भव छैनः रक्षामन्त्री राई



अ+ अ-

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले देशमा अराजकता देखा परिरहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा किराँत राई कर्मचारी मञ्चले आयोजना गरेको १५ औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले इतिहासले तत्कालीन राज्यलाई फालेको, लिच्छवीकालीन, मल्लकालीन शासन फालेको उल्लेख गर्दै शाह र राणाहरु पनि आन्दोलनबाट फालिएको उल्लेख गर्नुभयो । उहाँले इतिहासमा फर्किनु भनेको मृत्युवरण गर्नुभएका पूर्खाहरुलाई पनि फर्काउने तर्क भएको बताउनु भयो ।

राजतन्त्र फर्काउने कुराप्रति टिप्पणी गर्दै उहाँले राजतन्त्र फर्काउने कुरा सम्भव नरहे पनि प्रयास जारी रहेको बताउनु भयो । उहाँले आफूहरुले पनि विभिन्न नाममा आन्दोलन गरेको तर व्यक्तिको घरमा आगो लगाउने, लुट्ने, पत्रकार जलाउने काम नगरेको बताउनु भयो ।

आफूहरुले मान्छेलाई जिउँदो जलाउने काम नगरेको भन्दै अहिले अराजकता देखिएको उल्लेख गर्नुभयो ।
रक्षामन्त्री राईले भन्नुभयो, ‘हामी समयको कालखण्डसँगै परिमार्जित हुँदै आयौँ । इतिहासले तत्कालीन राज्यलाई फाल्यो । इतिहासले लिच्छवीकालीन, मल्लकालीन फाल्यो । शाह र राणाहरु फाल्यो । इतिहास पछाडि फर्किने भनेको हाम्रा मरेका बाउबाजे पनि फर्किन्छन् भन्ने हो । तर फर्काउन खोजिँदैछ ।

हामीले कसैले काँग्रेस, कसैले एमाले, कसैले माओवादी भएर आन्दोलन गरेका छौँ । त्यस्तो लुट्ने र प्रहरीमाथि गाडी गुडाउन हामीले खोजेनौँ । अलि अलि बारहरुसम्म भत्काएकै हो । तर हामीले व्यक्तिको घरमा आगो लगाएनौँ । पत्रकारहरुलाई आगो लगाएनौँ । पत्रकार र पत्रपत्रिकाको उद्योग माथि आगो लगाएनौँ । मान्छेलाई जिउँदो जलाएनौँ । हामीले लुट मच्चाएनौँ । आज त यस्तो खालको अराजक देखा पर्दैछ ।’

मन्त्री राईले किराँत राई समुदायका मानिसहरु बेइमानी हुन नहुने बताउनु भयो ।