२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी



representative image
अ+ अ-

एजेन्सी । रूसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको रुसी रक्षा मन्त्रालयले शनिबार जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको छ ।

“ड्युटीमा” रहेका हवाई रक्षा प्रणालीहरूले युक्रेनी फिक्स–विङ युएभी ड्रोनहरुहरू नष्ट गरी खसालेकोे रूसको रक्षा मन्त्रालयले टेलिग्राम मार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार ब्रायन्स्क क्षेत्रमा ५३ वटा ड्रोन खसालिएको थियो भने “ब्लाक सी” प्रायद्वीपमाथि १८ वटा र बाँकी अन्य क्षेत्रमा खसालिएको थियो ।

क्रास्नोडारका गभर्नर भेनियामिन कोन्ड्रात्येभले ड्रोनबाट खसेको भग्नावशेषले टिखोरेट्स्की जिल्लामा आगलागीसमेत भएको बताउनु भएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षाको लागि बाहिर निकालिएको भएता पनि कुनै हताहत नभएको यहाँले बताउनु भएको छ ।