२१ कार्तिक २०८२, शुक्रबार
,
Latest
अध्यक्ष यादवद्वारा जसपा नेपाल छोडेका नेतालाई फर्किन आह्वान कोरलानाकामा अध्यागमन कार्यालयको सेवा सुरु आगजनी तथा तोडफोडमा संलग्न चार तथा पाँच फरार कैदी पक्राउ रास्वपाको विस्तारित बैठकमा कावा सभापति र महामन्त्रीको प्रतिवेदन प्रस्तुत निगमको छवि उच्च बनाउने गरी काम गर्न निमित्त महाप्रबन्धक कालाखेतीको आग्रह नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन शाक्यको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता : डडेल्धुराको महेन्द्र मावि प्रथम सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर २० मा डेलावेयरको विल्मिङ्टनमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बेनिजसँग भेट गर्नुभएको छ ।

भेटवार्ताका क्रममा दुबै पक्षले साझेदारीका लागि एकअर्कालाई धन्यवाद दिँदै द्विपक्षीय सम्बन्धबारे समिक्षा गर्नुभयो ।

नेताहरूले अमेरिका–अष्ट्रेलिया गठबन्धन द्विपक्षीय सम्बन्धको मूल रहेको कुरामा जोड दिँदै यसका तीन स्तम्भहरूः रक्षा र सुरक्षा, आर्थिक र जलवायु र स्वच्छ ऊर्जा क्षेत्रमा भएको प्रगतीबारे छलफल गर्नुभयो ।

दुबै नेताले दुई देशबीचको बलियो आर्थिक सम्बन्धलाई प्रतिबिम्बित गर्नुभयो र जलवायु परिवर्तन र स्वच्छ ऊर्जा संक्रमणलगायत नयाँ चुनौतिको सामना गर्न गठबन्धनलाई आधुनिकीकरण गर्न विगत दुई बर्षमा भएको प्रगतिबारे छलफल गर्नुभयो ।

उहाँहरुले महत्वपूर्ण खनिज आपूर्ति श्रृङ्खला निर्माणका लागि सहयोग विस्तार गर्ने र जापानको हिरोशिमामा मे २०२३ मा हस्ताक्षर गरिएको “कम्प्याक्ट“ अनुसार स्वच्छ ऊर्जामा संक्रमणलाई गति दिने प्रतिबद्धता पनि दोहोर्याउनुभएको छ ।

दुई नेताहरूले ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम गर्न आफ्नो समर्थन, रुसको क्रूर आक्रमण विरुद्ध युक्रेनको रक्षा गर्न निरन्तर सहयोग र गाजाका जनतालाई दिगो युद्धविराम र मानवीय सहायता बढाउनका लागि आफ्नो समर्थनबारे पनि छलफल गर्नुभएको छ ।

साथै दुई देशका वरिष्ठ नेताहरूले स्वतन्त्र र खुला इन्डो–प्यासिफिकका लागि आफ्नो साझा दृष्टिकोणलाई अगाडी बढाउन द्विपक्षीय साझेदारीलाई गहिरो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबीच, अल्बनिजले बाइडेनसँग तस्बिर सार्वजनिक गर्दै अष्ट्रेलिया र अमेरिका शान्ति, समृद्धि र स्थिरताका लागि एकसाथ उभिएको बताउनुभएको छ ।